किड्स लर्निङ क्वाटरफाइनलमा

किड्स लर्निङ क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौं, पुस ६ । दोहोरो जित निकाल्दै किड्स लर्निङ स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को लिग खेलमा किड्स लर्निङले रातो बंगलालाई ६–२ तथा रिब्सलाई ६–० ले पराजित गर्दै समूह विजेता बन्यो । सोही समूहबाट उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्ने क्रममा रातो बंगलाले रिब्सलाई १–० गोलले हरायो । समूह ‘डि’ मा ग्रिनफिल्डले आयोजक द एक्सेल्सियर स्कुललाई ५–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगाउदै विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनायो ।

फुटबलकै यु–१६ गल्र्समा एक्सेल्सियर, ग्यालेक्सी पब्लिक स्कुल, प्याराडाइस र काष्ठमण्डपले सेमिफाइनल यात्रा तय गरे ।

बास्केटबलतर्फ गल्र्समा एभीएमले ल्याबोरेटरीलाई १६–१, स्वर्णिमले रेडिअन्टलाई २५–८ र एलआरआईले एपेक्स लाइफलाई ३२–७ ले पाखा लगाए । सिनियर ब्वाइजमा महामञ्जुश्रीले न्यु जेनिथलाई ४१–२२, एलआरआईले विद्योदयलाई २६–८ र एक्सेल्सियरले ग्रिनफिल्डलाई ५२–४९ ले निराश पारे । जुनियर ब्वाइजमा महामञ्जुश्रीले एक्सेल्सियरलाई २३–१८ तथा रेडिअन्ट पब्लिकले एलआरआईलाई २५–८ ले पन्छाए ।

तपाइँको प्रतिक्रिया ।