के बिक्दैन यहाँ ?
कपन अनलाइन
काठमाडौँ, पुस ४ / निर्मल रमण पराजुलि/ कविता
डाक्टर साहेब
यो बिरामीको
यहाँ आफ्नो कोही छैन्
औषधोपचार गर्ने
पैसा पनि छैन
उहालाई के गर्ने ?
पैसा बेगर हामी
केहि गर्न सक्दैनौ
यहाँबाट हटाई दिनस्
एउटा अघबैसे
गाडीमा हुईकिदै
पशुपतीको गेट
अगाडी ओर्लियो
सरासर अगाडी बढे
असहाय अनाथहरुलाई
पैसा बाडन सुरु ग¥यो
यसैबीच
त्यो भिडमा एउटा आवाज
गुन्जियो
छोरो
अस्पतालमा उपचार गर्न
नसकेर फालियको छ
बाबु,
असहाय र अनाथलाई
पैसा बाड्दै छ
हे
भोले नाथ
यो कस्तो धर्म हो
यो कस्तो कर्म हो
सम्पन्नताले सस्कार दिन्छ
या
सस्कारले सम्पन्नता
आज रन भुल्लामा परेको छु
हातका औंला बराबर हुँदैनन्
जसको जती दक्षता छ
जसको जती क्षमता छ
उसले त्यती नै पाउने
होईन र ?
तर किन
विभेद गरिन्छ
आफ्ना सन्तान प्रती
जेठोले सम्पतिको लोभमा
गाडिमा सयर गरायो
अनी दुई चार पैसा
दियो भन्दैमा
कान्छो
छोरा होइन र ?
आमाको छातिको
एउटा पाटो
जेठोले चुसिरहँदा
अर्को पाटो
कान्छोको सम्झनामा
टन्किनु पर्ने होईन र ?
बाबुको
एउटा हात
जेठो छोराले समाई रहदा
अर्को हातले
कान्छो छोरा
सम्झिनु पर्ने होईन र ?
हो पक्कै हो
तर यहाँ
ममता बिक्छ
कर्तव्य बिक्छ
स्वार्थका खाति
सबै सबै बिक्छ यहाँ
बाबु बिक्छन्
आमा बिक्छिन्
दाजु बिक्छ
भाई बिक्छ
एक पटक
गरीब बनेर
हेर्नुस त हजुर
स्वयम तपाईंकै
आफ्नै पाईला
तपाईकै
साथ छोडे
बिक्छ ….!!!
(सामाखुशी, काठमाण्डौँ)