लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले डिजी सर्भिस सप्ताहको अवसरमा बृहत रक्तदान सहितका कार्यक्रम सम्पन्न गर्यो
कपन अनलाइन
काठमाडौं मंगसिर २२ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार नेपाल रेड क्रस सोसाईटीको प्राबिधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज सहित लायन्स क्लब अफ काठमाडौं सिम्रिक लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्ट र प्राक्सिस इन्टरनेसल एकेडेमीले संयुक्त रुपमा मंगसिर २१ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
चाबहिल चुच्चेपाटी स्थित कुमारी बैक नजिक रहेको प्राक्सिस इन्टरनेसल एकेडेमीमा बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा १२५ जना सहभागी भए पनि स्वास्थ्य एबम अन्य समस्याका कारण २७ ले मात्र रक्तदान गरेको कार्यक्रमका संयोजक एबम लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका प्रेसिडेन्ट राजन श्रेष्ठले कपन अनलाइनलाइ बताए। उक्त कार्यक्रममा Multipel District 325 का GAT लिडर लायन खगेन्द्र सिटौला, इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , GST कोर्डिनेटर लायन रमेश लामा , My lcif चिफ राजु श्रेष्ठ ,जोन चियरपर्सन लायन राकेश महर्जन लगायत रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
२०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार त्यसै अनुरुप लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज, युथ फर डेभलपमेन्ट र सिम्रिक ले बिभिन्न सामाजिक क्रियाकलाप संचा जस अनुरुप मंगसिर १९ गते बिहिबार बुढानिलकण्ठ १२ मा संचालित पायोनियर पब्लिक स्कुलमा चाइल्ड क्यान्सर अवेरनेस कार्यक्रम बिहान १० बजे बाट संचालन गरिएको थियो ।
त्यसैगरि मंगसिर २० गते शुक्रबार ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलस्थित सुनौलो पाइला संस्थामा आश्रय लिईरहेका अनाथ बालबालिकाहरुलाई भोजन समेत गराएको थियो ।लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज लगायतले सक्रिय भूमिका खेल्दै आएको छ ।