गोकर्णेश्वर नगरपालिका – २ मा जारि बृहत भागवत महायज्ञको समापन भोलि

गोकर्णेश्वर नगरपालिका – २ मा जारि बृहत भागवत महायज्ञको समापन भोलि

कपन अनलाइन

काठमाडौँ, मंसिर २२ । गोकर्णेश्वर नगरपालिका वडा नं – २ मा श्री रामकृष्ण मन्दिर परिसरमा मंसिर १५ गते देखि सुरु भएको बृहत भागवत महायज्ञको समापन भोलि हुने भएको छ ।

पण्डित ब्यसाचार्य श्री रमेश प्रसाद सुबेदीका मुखारविन्दबाट प्रबचन भएको उक्त बृहत भागवत सप्ताह विभिन्न कार्यक्रम सहित शुभारम्भ गरिएको थियो ।

श्री रामकृष्ण मन्दिर ब्यबस्थापन संस्थाको आयोजनामा भएको सो महयज्ञबाट उठेको रकमले महाभूकम्पले क्षति पुर्याएको श्री रामकृष्ण मन्दिरको पुनः निर्माण गरिने आयोजकले जनाएको छ।

श्री रामकृष्ण मन्दिर २०४८ सालमा शिलान्यास भई मन्दिरको स्थापना भएको हो । यो मन्दिरको स्थापना यहाँ दैनिक पुजा पाठ तथा बर्षभरी पर्ने विभिन्न चाडपर्वमा सामाजिक तथा धार्मिक कार्यक्रम, सामुहिक ब्रतबन्ध, बेल बिवाह, बिवाह साथै सामुदायिक जिबिकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्ने तालिम, गोष्ठी, सामुहिक योगा, साँस्कृतिक कार्यक्रम जस्ता बिबिध कार्यक्रम संचालन गर्न प्रोत्साहन गर्दै आइरहेको छ।

तपाइँको प्रतिक्रिया ।