टुपेक कृषि सहकारी संस्थाको छैटौं वार्षिकोत्सव सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंसिर १७। बुढानीलकण्ठ नगरपालिका वडा नं- १३ स्थित टुपेक चुनिखेल र सुन्दरवस्तीमा रहेको टुपेक कृषि सहकारी संस्थाको छैटौं वार्षिकोत्सव सम्पन्न भएको छ ।
मंसिर १५ गते आइतबार आफ्नै कार्यालय सुन्दरबस्तीमा वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा सञ्चालक समितीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य, सधारण सदस्य, स्थानिय व्याबसायी, जनप्रतिनिधि एवं सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
वार्षिक उत्सवमा बोल्दै टुपेक कृषि सहकारी संस्थाकी अध्यक्ष सकिना श्रेष्ठले शेयर सदस्यहरुलाई दार्जिलिङ्ग र सिक्किम भ्रमण, ५ लाखसम्मको दुर्घटना विमा प्रदान गरिएको जानकारी दिएकी थिइन् ।
वार्षिक उत्सवको अवसरमा टुपेकले दिएको सुविधाअन्तर्गत कार्यरत कर्मचारीले पचास हजार रुपैयाको शेयर खरिद गरेका छन् भने सोही दिन शेयर प्रमाण–पत्र प्रदान गरिएको टुपेक कृषि सहकारी संस्थाका प्रबक्ता सुवास श्रेष्ठले बताए ।
फोटो सौजन्य: केटीएम खबर