दशैं नआई घरघरमा निर्वाचन आयोः दलबल तथा बाजागाजासहित मनोनयन पत्र दर्ता

कपन अनलाइनदेशभर आज उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेसँगै नेपालीको घरघरमा चुनाव आएको छ । देशकै सबैभन्दा ठूलो चाडपर्वको मुखमा चुनाव आउँदा देशवासीहरु बेखुशी देखिदैन । आज काठमाडौंमा मनोनयन पत्र दर्ता गर्न पार्टीहरु उर्लिँदा देखिएको जनलहरले जनता चुुनावतिर सकारात्मक रहेको देखियो । देशको ठूुलाठूला पार्टी भनेर चिनिने नेपाली कांग्रेस, एमाले र एमाओवादीमात्र हैन संभावित चौथो शक्ति भनिएको राप्रपा नेपालले पनि दलबलसहितको र्याली प्रदर्शन गर्यो ।

maovadi emale DSC_0387

 

काठमाडौं क्षेत्र नं. ४ लाई सिंगो देशले नै बढि महत्वका साथ लिएको छ । यसैले यस क्षेत्रमा टिकट पाएका महत्वपूर्ण पार्टीका उम्मेदवारहरुले पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ । यस क्षेत्रमा एमालेले खासै शक्ति प्रदर्शन गर्न नचाहे पनि बानेश्वर पुग्दा सबैभन्दा ठूलो र्यालीमा परिणत भएको थियो । त्यसैगरी नेपाली कांग्रेस तथा एमाओवादीले भने क्षेत्र बाटै सकभर धेरै जनशक्ति प्रदर्शन गरेका थिए । गगन थापाको र्याली चावहिलबाट एकिकृत भएर नयाँबानेश्वरतिर लागेको थियो भने नन्दबहादुर पुनको र्याली कपनस्थित उनकै घरबाट निस्किएको थियो । १० १० जना उम्मेदवारसहितको बिशाल र्यालीहरु नयाँ बानेश्वर पुग्दा सबै पार्टीहरुले ठूुलो शक्ति प्रदर्शन गरिरहेको सबैले अनुमान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।