सुप्रभा घिमिरेले गगन थापा बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराइन्

कपन अनलाइनकाठमाडौं क्षेत्र नं. ४ मा आफूलाई प्रत्यक्षमा टिकट नदिएको भनेर हिजो पार्टीबाट राजिनामा दिएकी पूर्व सभासद् सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् । नेपाली कांग्रेसले आफ्नो ३० वर्ष लामो योगदानलाई नसम्झेको आरोप लगाएर पार्टी परित्याग गरेकी सुप्रभा घिमिरेको उम्मेदवारी नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाको बिरुद्धमा हुने उनले जनाएकी छिन् । पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका गगन थापालाई घिमिरेको यो उम्मेदवारीसँगै बागीको चुनौति थपिएको छ ।

तपाइँको प्रतिक्रिया ।