चट्टान साकाेसको १० औं बार्षिक साधारण सभा सम्पन्न

 चट्टान साकाेसको १० औं बार्षिक साधारण सभा सम्पन्न

कपनअनलाइन

बुढानिलकण्ठ ,मंसिर २ । बुढानिलकण्ठ नगरपालिका  वडा नं- १२ मा रहेको चट्टान साकाेसले आफ्नो १० औं  वार्षिक साधारण सभा  सम्पन्न गरेकाे छ ।

संस्थाका अध्यक्ष दामोदर भट्टराई (बद्री)काे सभाध्यक्षतामा सम्पन्न भएको  सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका  वडा नं- १२ का वडा अध्यक्ष शभ्भु भट्टराई रहेका थिए।

उक्त कार्यक्रममा बुनपा नगरपालिका लेखा समिति संयोजक पुरुषाेतम नेपाल , समाजसेवी तथा अधिवक्ता विश्वनाथ दाहाल, महिला समाजसेवीहरुकाे उपस्थित रहेकाे थियाे ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भट्टराईले समाजिक उत्तरदायित्व सहितकाे सहकारी सञ्चालनमा चट्टान सदैव सचेत रहेकाे हुदा वडा तथा बुनपा कार्यलयले सञ्चालन गर्ने समाजिक कार्यहरुका सकेकाे सहभागी हुन् संस्था प्रतिबद्ध रहेकाे समेत बताए।

तपाइँको प्रतिक्रिया ।