क्षेत्र नं. ४ युवा संघमा अजय सुब्बा

कपन अनलाइनअजय सुब्बाको नेतृत्वमा युवा संघ नेपालको काठमाडौं जिल्ला क्षेत्र नं ४ को नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ ।  युवा संघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको  अधिवेशन  कपन गाविसको मिलनचोक पार्टी भेन्युमा शनिबार सम्पन्न  ेभएको हो । अधिवेशनले उपाध्यक्ष दिलिप थिङ्ग, सचिवमा रामशरण सापकोटा, सहसचिव श्याम लामा , कोषाध्यक्षमा समिर उप्रेती सहित ३५ सदस्य रहेको कमिटि समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।  क्षेत्र नं ४ का प्रत्यक्ष तर्फका उम्मेदवार घोषणा गरिएका निर्मल कुइकेल विशेष अतिथिकोरूपमा उपस्थित कार्यक्रममा करिव ६००  युवा नेता तथा कार्यक्रताहरुको उपस्थिती थियो ।

 

अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि महेश बस्नेतले  भाषण गर्ने भन्दा पनि काम गर्न  सक्ने सक्षम युवा नेतृत्वलाई यस क्षेत्रका युवाहरुले सहयोग गर्नुपर्ने बताएका थिए ।  कार्यक्रममा बोल्दै क्षेत्र नं.४ का उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष निर्मल कुइकेलले यस क्षेत्रको नक्सा समेत थाहा नभएको र रातको समयमा आफ्नै घरमा जाने बाटो समेत चिन्न नसक्ने व्यक्तिहरुले एमाले पार्टीलाई कमजोर भन्नु निगालो टुप्पामा बसेर बाघ मार्छु भनेको जस्तै हो भन्दै एमाओवादीका संभावित उम्मेदवारप्रति कटाक्ष गरे ।  उनले काठमाडौलाई फेरि लाल किल्ला बनाउनु पर्ने बताउँदै कार्यकर्तालाई  उत्साह र पूर्ण जाँगरका साथ अगाडि बढ्न आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।