१७ औँ गणेशमान स्मृति दिवसको अवसरमा पशुपति क्याम्पस स्ववियुको विशेष कार्यक्रम
कपन अनलाइनस्वतन्त्र विद्यार्थी युनियन पशुपति बहुमुखी क्याम्पसले १७ औं गणेशमान स्मृति दिवस भव्यताका साथ सम्पन्न गरेको छ । पशुपति बहुमुखी क्याम्पसमा भएको बृहत्त रक्तदानसहित सभा गृहमा गणेशमान स्मृति कार्यक्रम आयोजना गर्यो । गणेशमान स्मृति कार्यक्रम भनिएको कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालालाई प्रमुखअतिथि तथा ने.का. महामन्त्रि प्रकाशमान सिंहलाई विशेष अतिथि बनाइएको थियो ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ने.का. सभापति सुशिल कोइरालाले आफ्नो २५ मिनेटको भाषणमा अधिकतम समय दोस्रो संविधान सभामा काँग्रेसलाई अत्याधिकरुपमा बहुमत सहितविजयी गराउन कार्यकर्तालाई सुजबुझका साथ अघि बढ्न निर्देशन दिए । कोइरालाले आगामी संविधान सभाको लागि प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ५ जनाको सिफारिस मागेकोमा तोकिएको भन्दा धेरै बढि संख्यामा उम्मेदवारको नाम सिफारिस गरेकोमा अच्चममा परेको समेत बताए ।
कार्यक्रममा विशेष अतिथिको हैसियतले बोल्दै महामन्त्रि प्रकाशमान सिंहले काँग्रेस जनताको पार्टी भएको हुँदा जनताको आंकाक्षाअनुरुप नै संविधाननिर्माण गर्नुपर्ने र देशभरकाजनताहरुको चाहाना पनि काँग्रेसले नै देशलाई लोकतान्त्रिक संविधान दिन सक्ने अपेक्षा गरेको हुँदा सबैएक जुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
काठमाडौं जिल्ला नेपाली कांग्रेसका १० क्षेत्रीय सभापतिहरुको उपस्थितिमा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष लक्ष्मण ढकाल, महामन्त्रि, प्रतिमागौतम, उमेसजंग रायमाझी, पूर्व कोषाध्यक्ष श्रीराम लामिछाने ,कुन्दनराज काफ्लेलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ने.वि.संघका पूर्व अध्यक्ष कल्याण गुरुङ, वर्तमान अध्यक्ष रञ्जित कर्ण लगायतका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए ।
१७ औं गणेशमान स्मृति दिवस कार्यक्रमका संयोजक एवं पशुपति क्याम्पसका स्ववियु सभापति मनोज वैद्यले नयाँ पुस्ताका युवाहरुलाई संस्थापक नेताहरुको बारेमा जानकारी गराउन र काँग्रेसलाई सधै उर्जाशिल बनाउन पशुपति बहुमुखी क्याम्पस स्ववियु निरन्तर बिबिध कार्यक्रमहरु गर्ने जानकारी दिएका थिए ।
सोही कार्यक्रमअन्तर्गत असोज २ मा नै पशुपति बृद्धाश्रममा रहेका २५० जना बृद्धबृद्धालाई फलफुल वितरण गर्नुका साथै शान्तिवाटिका रत्नपार्कमा दीपप्रज्ज्वलनको कार्यक्रम समेत सम्पन्न भएको जानकारी नेविसंघका नेता रमेश खड्काले कपन अनलाइनलाई जानकारी गराए ।