२७ गतेको बन्द सफल पार्न अनुरोध गर्दै कपनमा बैद्य माओवादीको कोणसभा

कपन अनलाइनअशोकराज पाण्डे

आगामी मंसिर ४ गते हुने भनिएको संबिधानसभाको चुनावको विरोधमा लागेको नेकपा–माओवादी गाउँगाउँमा सक्रिय छ । कपनमा पनि यस पार्टीले बिभिन्न कार्यक्रम तथा गतिबिधि  गरिरहेको छ । चुनाव बहिष्कार सम्बन्धि बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा  सो पार्टीले  भाद्र २४ गते सोमबार कपन मिलन चोक स्थित तरकारी बजारमा निर्वाचन बहिष्कार सम्बन्धि  कोण सभा आयोजना गर्यो ।  कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् नेवा राज्यका ईन्चार्ज दिनेश शर्माको प्रमुख आतिथिको रूपमा कपन आएका थिए ।

 

1291325_398279870274203_415560786_nकार्यक्रममा बोल्दै  दिनेश शर्माले राज्य निरकुंश ढंगले अगाडि बढिरहेको बताउँदै भारतीय ग्राण्ड डिजाइनमा सेना लगाएर निर्वाचन गर्न खोजे राष्ट्रिय स्वाधिनताका लागि प्रत्येक घरबाट जनमुक्ति सेना निक्लने बताए । साँझ ५.३० बजेबाट शुरु भएको कोण सभामा पार्टीकै केन्द्रीय सदस्य एंव निर्वाचन बहिष्कार अभियानका निर्वाचन क्षेत्र नं ४ का संयोजक पवनमान श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काले पनि सम्बोधन गरेका थिए ।  यहि भाद्र २७ गते गर्न लागेको उपत्यका बन्द सफल बनाउन सम्पूर्ण कपनवासीलाई अनुरोध गरिएको कार्यक्रम करिब आधा घण्टा सञ्चालन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।