नेफ्स्कूनको महिला राष्ट्रिय गोष्ठी फागुन ३ र ४ गते काठमाण्डौमा हुने
कपन अनलाइन
काठमाडौ,माघ १०।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह आयोजनामा नेपालमा पहिलो पटक “सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशिलता विकास” विषयक दुई दिवशीय राष्ट्रिय गोष्ठी यहि मिति २०७४ फागुन ३ र ४ गते काठमाण्डौमा हुदैछ ।
सहकारी मार्फत महिला सशक्तिकरण, समावेशीकरण, उद्यमशिलता विकास लगायतका क्षेत्रमा नेपालको बदलिंदो राजनीतिक र कानुनी परिवेश एवं अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सम्भावनाको खोजी र मार्गदर्शन हुने कार्यक्रम मा इच्छुक संघ/संस्था, सहकारीका महिला नेतृत्वकर्ताहरु, अन्य क्षेत्रमा रही सहकारी क्षेत्रमा चासो राख्ने व्यक्ति/व्यक्तित्व, महिलाका क्षेत्रमा चासो राख्ने विकास अभियन्ताहरुलाई यथाशिघ्र आफ्नो सीट सुरक्षित गर्न अनुरोध गरिएको छ ।
रजिष्ट्रेशनका लागि :
मिति : २०७४ फागुन ३ र ४ गते
स्थान : क्राउन बैंक्वेट, मीनभवन, काठमाण्डौ
समय : बिहान ९ देखि साँझ ४:३० बजेसम्म
सहभागिता शुल्क : रु.२०००। मात्र
सम्पर्क : शर्मिला गौतम, नेफ्स्कून तालिम केन्द्र चावहिल, ०१४४८२७८४ वा आफ्नो पायक पर्ने नेफ्स्कूनका सम्पूर्ण कार्यालयहरु
नोट : सहभागिहरुलाई बिहानको खाना, नास्ता र श्रोतपुस्तिका सहितका सामाग्रीहरु उपलब्ध गराइने छ ।