युइएफएको फुटबल व्यवस्थापनमा स्नातकोत्तर (एमए) कोर्सका लागि युरोपमा पुर्व रास्ट्रिय खेलाडी कुमार थापा

युइएफएको फुटबल व्यवस्थापनमा स्नातकोत्तर (एमए) कोर्सका लागि युरोपमा पुर्व रास्ट्रिय खेलाडी कुमार थापा

कपन अनलाइन 

काठमाडौ,माघ १०/बद्री भट्टराई

युरोपियन फुटबल महासंघ (युइएफए) को फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्सका लागि युरोप यात्रामा लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कुमार थापालाई विश्व चर्चित खेलाडी नेमार संग देखिएका छन ।

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित प्रशिक्षणका लागि थापा एसियाबाट एकमात्र खेलाडीका रुपमा छनोट भएका हुन ।

हाल फ्रान्समा रहेको समय उनको भेट पिएसजी बाट व्यवसायीक खेल खेलिरहेको नेमार संग भएको हो । उनको प्रशिक्षण युरोपका देशहरु स्विट्जरल्यान्ड, फ्रान्स, इङ्ल्यान्ड, स्पेन, नेदल्यान्ड्स, जर्मनी तथा अमेरिकामासञ्चालन हुने छ ।

उक्त प्रशिक्षणका लागि थापा केहि महिना देखी युरोपमा नै रहेका छन। कोर्सका लागि छनोट हुने मध्ये थापा एक्लो एसियाली हुन् । जसमा विभिन्न देश र क्लबबाट खेलिसकेका २५ जना अन्तर्राष्ट्रिय खेलाडी छन् । कोर्सको परिक्षा सन् २०१९ मे ३१ मा च्याम्पियन्स लिगको फाइनल खेल अघि हुनेछ ।

दुई वर्षे कोर्ष २०१९ नोभेम्बर १४ मा स्विट्जल्यान्डको नियोनमा सम्पन्न हुने बताइएको छ । दुई वर्षे कोर्सका लागि झन्डै ७० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये युइएफएले थापालाई आधा छात्रबृति दिएको छ । ३५ लाख रुपैयाँ खर्च गरेर कोर्स पुरा गर्न आफ्नो लागि कठिन भएको भन्दै थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत सहयोगका लागि अपिल गरेका थिए ।

तस्बिर : कुमार थापाको फेशबुक मार्फत

तपाइँको प्रतिक्रिया ।