रु एक अर्ब बढीको शेयर कारोबार
कपन अनलाइन
काठमाडौँ, ६ माघ । यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको रु एक अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ ।
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड आठ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।