जीवनराम श्रेष्ठको नेतृत्वमा चमती आयोजनाको वारे छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ ४।
काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा आज चमती आयोजनाको वारेमा छलफल भएको छ ।
काठमाडौं महानगरपालिकाको भवनमा भएको सो छलफलमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य ,उपप्रमुख हरी प्रभा खड्की ,वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल,आयोजना प्रमुख लगायतका सहभागी भएका थिए ।
परिचय र स्वागत बाट सुरु भएको सो छलफलमा चमती आयोजनाको कार्य विवरण पेश गरेर आगामी २ वर्ष भित्र सो आयोजना सम्पन्न गर्नका लागि प्रतिनिधि सभा सदस्य र जनप्रतिनिधिहरु बाट निर्देशन समेत दिइएको थियो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको चमती आयोजनाको पहिलो बैठकले आयोजनाको कार्यन्वयनका लागि तयारी सुरु गर्ने र आवस्यक परे छलफल गरेर अन्य काम अगाडी बढाउने पनि निर्णय भएको छ ।
काठमाडौं क्षेत्र नं ८ को महत्वपूर्ण आयोजनको रुपमा रहेकोले चमती आयोजनालाई प्राथमिकतामा राखेर पहल कदमी र काम सुरु गरिएको सांसद श्रेष्ठले बताएका छन ।उनले यस सम्बन्धि कार्य अगाडी बढेको र समयमै सम्पन्न गर्न नियमित अनुगमन र निरीक्षण गर्ने बताएका छन ।