बुढानिलकण्ठ महोत्सव हुने कि नहुने ?

बुढानिलकण्ठ महोत्सव हुने कि नहुने ?

कपन अनलाइन 

काठमाडौ,माघ ४ ।

बुढानिलकण्ठ नगरपालिका र ऐतिहासिक धार्मिक स्थल बुढानिलकण्ठ क्षेत्रको प्रवर्धन गर्दै पर्यटनकोको विकास गर्ने उदेश्यले एक पटक आयोजना गरिएको बुढानिलकण्ठ महोत्सव यस पटक आयोजना हुने कि नहुने भन्नेमा अन्यौलता बढेको छ ।

बुढानिलकण्ठ मन्दिर क्षेत्रलाई विश्व सम्पदा सुचिमा सूचीकृत गर्न आम जनसहभागिता जुटाउने र बुढानिलकण्ठ नगरपालिकाको प्राकृतिक सम्पदालाई प्रयोग गर्दै यस काठमाडौं उपत्यकाको उत्तरी भेगलाई पर्यटकको भ्रमण गन्तव्य बनाउन सहयोग गर्ने महोत्सवको वारेमा आधारभूत छलफल समेत नहुदा यसको आयोजनामा सक्रियता देखाउनु पर्ने निकाय ,संघ संस्था र सरोकारवाला पक्षहरु यसको आयोजनामा उदासिन भएको चर्चा अहिले नगरपालिका भरि चल्न थालेको छ ।

यस क्षेत्र भन्दा प्रतिकुल भूगोल र न्यून श्रोत साधन भएको तारेभिरमा चौथो महोत्सव सम्पन्न भएको छ । सोहि महोत्सवमा उपस्थिति रहेर यस क्षेत्रको प्रकृति र सम्भावनाका वारेमा साहित्यिक प्रस्तुति दिएका बुढानिलकण्ठ नगरपालिका प्रमुखले यस महोत्सवको वारेमा कतै नबोल्नुले पनि अहिले सम्म यसको तयारी केवल सोचमा मात्र सिमित रहेको तर यसको तयारीको कुनै पहल कदमी नभएको देखिन्छ । अन्यथा पर्यटनलाई विकासको मूल आधार भन्दै मत मागेका नगर प्रमुखले यस विषयमा कुनै न कुनै संकेत अवस्य दिनुहुन्थ्यो होला ।

बुढानिलकण्ठ नगरपालिका आसपासका क्षेत्रमा स्थानीय स्तरलाई प्रवर्धन गर्ने मेला महोत्सव भै रहदा सुरु गरेर विचमा छाडिएको बुढानिलकण्ठ महोत्सवका वारेमा आम स्तरमा नै अहिले चर्चा सुरु भएको छ ।पहिलो बुढानिलकण्ठ महोत्सव आयोजना गरेको बुढानिलकण्ठ क्षेत्र विकास समितिले पनि आयोजना गर्ने सोच रहेको बताए पनि ठोस किसिमका प्रारम्भिक तयारी गर्न सकिरहेको छैन ।

सायद स्थानीय तहको निर्वाचन पश्चात यसको व्यवस्थापन र स्वामित्वको अन्यौल रहेकोले पनि समितिले ठोस पहल सुरु गर्न नसकेको हुन् सक्दछ ।तर नगरपालिकाको गौरवको रुपमा संचालन गर्नु पर्ने यस महोत्सवलाई व्यवस्थापन गर्ने संस्था र निकायको कारणले मात्र रोक्न खोज्नु त्यति न्योचित हुने देखिदैन ।

बुढानिलकण्ठ क्षेत्रसंग सम्बन्ध राख्ने बुढानिलकण्ठ नगरपालिका वडा नं २,३र् ५ ले पनि यस विषयमा सोच्ने बाहेक कुनै ठोस पहल गरेको देखिदैन ।यस विषयमा बुझ्दा सबैले सोचिरहेको र गर्ने जस्ता उत्तर दिएका छन तर ठोस पहल कुनै वडाले पनि लिएका छैनन ।

आगामी बैसाख महिनामा हुनुपर्ने महोत्सवको प्रारम्भिक तयारी सुरु गरिसक्नु पर्ने समयमा केवल चर्चा र सामान्य चिन्ता देखिनुले फेरी पनि महोत्सव नहुने हो कि भन्ने आसंका बढेको छ ।

पहिलो महोत्सव संचालन हुदा राजनीतिक संयन्त्र रहेको थियो जसले पहल कदमी लिएर यसलाई संचालन गरेको थियो तर अहिले निर्वाचित प्रतिनिधि हुदा झनै सहज र सरल हुनुपर्ने परिस्थितिमा यसमा जटिलता र अन्यौलता देखिनु आश्चर्यको विषय बनेको छ ।

अव का दिनमा यस महोत्सवको आयोजनामा निर्वाचित प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,नगरपालिकाका प्रतिनिधि र राजनीतिक दलले पहल कदमी लिनुपर्ने देखिन्छ।

यसरी पहल लिन नसकिएको अवस्थामा यस नगरपालिका भित्र खुल्ला आव्हान गरेर इच्छुक संघ संस्थालाई महोत्सव आयोजनाको जिम्मेवारी दिने पहल कदमी लिनु सकिने वातावरण सृजना गर्न सकिने तर्फ पनि सोच्न जरुरि देखिएको छ ।

अहिले नगरपालिका भरिका नगरवासीले सोधिरहेको प्रश्न बुढानिलकण्ठ महोत्सव हुने कि नहुने ? यसको उत्तर चाडै आउनेछ भनेर नगरवासीले प्रतिक्षा गरिरहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।