फेरिँदैछ फेसबुक, व्यवसायिक पोष्टलाई कम प्राथमिकता

फेरिँदैछ फेसबुक, व्यवसायिक पोष्टलाई कम प्राथमिकता

कपन अनलाइन

एजेन्सी, २८ पुस । फेसबुकले समाचार, व्यापार, ब्राण्ड र मिडिया सम्बन्धि फिडमा केहि परिवर्तन गर्ने बताएको छ । फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिएका छन् । उनले आफ्नो पेजमा अब फेसबुकमा परिवारको सदस्य र साथीहरुको बीचमा हुने संवादलाई प्रथमिकता दिने सामग्रीहरुलाई बढावा दिने उल्लेख गरेका छन् ।

फेसबुकको माध्यमबाट आफ्नो पोष्ट र संगठनको लोकप्रियतालाई धेरै मानिसकहरु बीचमा पुर्‍याउने गतिविधिमा यो नयाँ परिवर्तनले कमि ल्याउनसक्ने फेसबुकले जनाएको छ । फेसबुको यो नयाँ परिवर्तन आउने साताबाट लागू हुने बताइएको छ ।

मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हामीलाई धेरै प्रतिक्रिया आएको छ कि मिडिया, ब्राण्ड र बिजनेसको अत्याधिक पोस्टहरुले फेसबुकमा ति निजी पलहरु खोसिरहेको छ जसले हामीहरुलाई एकअर्कासँग जोड्न सक्छ ।’ यस परिवर्तनपछि फेसबुकमा समाचार तथा व्यापारिक विज्ञापनमा कमि आउने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।