कपन होम स्टे अभियान सेलाउदा संचालक निरास

कपन अनलाइन

काठमाडौ,पौष २७।

कपन क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउदै यस क्षेत्रमा विदेशी पर्यटकको केन्द्र बनाउने उदेश्य राखेर सुरु गरिएको कपन होम स्टे अभियान अहिले सेलाएको छ ।

कपन क्षेत्रका स्थानीयहरुको आय आर्जनमा बृद्धि गर्ने तथा यस क्षेत्रमा पर्यटकहरुको आवगमन बढाउने र यस क्षेत्रमा विभिन्न पर्यटक आकर्षण गर्ने केन्द्र बनाउने घोषणा सहित सुरु गरेको अभियानले गति लिदै गरेको अवस्थामा एकाएक रोकिएको हो ।

यो अभियानले सुरुवाती चरणमा निकै गति लिएको थियो जसको परिणाम स्वरूप धेरै घरहरुमा होम स्टे सुरु गरिएको थियो भने स्थानीय संघ संस्थाले पनि त्यसमा सहभागिता जनाएका थिए ।

बुढानिलकण्ठ नगरपालिका को वडा नं १२ तेन्जिंग चोक देखि फैका खरिवोट सम्म विभिन्न पर्यटक आकर्षण गर्ने पूर्वाधार निर्माण गरि सो क्षेत्रलाई पर्यटक पैदल हिड्ने मार्गको रुपमा विकास गर्ने अवधारणा लिएको अभियान अहिले हराउदा आफ्नो घरमा होम स्टेको पूर्वाधार तयार पारेका स्थानीयहरू मारमा परेका छन ।

काठमाडौका ठमेल ,दरवार मार्ग जस्तै पर्यटक आउने केन्द्र बनाउने उदघोष सहित सुरु भएको यो अभियानका अभियन्ताहरु अहिले हराएको एक होम स्टे संचालकले बताए ।यो अभियान सेलाउदा हामीलाई निकै समस्या परेको छ किनकी यसले आर्थिक उपार्जनको साथमा स्थानीय स्तरको पहिचान स्थापना गर्न सहयोग पुगेको थियो ति संचालकले दुखेसो पोखे ।

यस क्षेत्रमा पर्यटन क्षेत्रमा काम गर्ने धेरै व्यक्ति र संस्था छन जसले सानो पहल गरेको खण्डमा पुन यो अभियानले गति लिने देखिन्छ । यसमा स्थानीय सरकारको रुपमा रहेका नगरपालिका र अन्य निकायले पनि धयान दिनु पर्ने देखिन्छ । पर्यटन विकासलाई आफ्ना चुनावी मुद्दा मध्ये महत्वपूर्ण मुद्दा बनाएका राजनीतिक दल र तिनका नेताहरुले पनि कपन क्षेत्रको पहिचान बढाउने अभियानको वारेमा चासो दिएको देखिदैन ।यस तर्फ सबै पक्षले निकै सम्बेदनशील बनेर सोच्नु पर्ने देखिन्छ ।

यहि होम स्टे र यस क्षेत्रको पर्यटन विकासको लागि स्थापना भएको कपन पर्यटन बोर्ड अहिले खासै सक्रिय देखिदैन जसले गर्दा नीतिगत  र प्राविधिक तयारीमा पनि असर परेको छ ।

धार्मिक ,प्राकृतिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा पूर्वाधार सम्म निर्माण भैसकेको अभियान रोकिनुमाको जिम्मेवार हो त्यसको खोजि गर्नुपर्ने देखिन्छ ।किनकी यसरि महत्वपूर्ण अभियानहरु हराउदै जाँदा यस क्षेत्रको पहिचान स्थापित गर्ने सोच र अभियानमा पक्कै नकारात्मक असर पार्ने देखिन्छ ।

त्यसैले यथासिघ्र यसका सरोकारवाला र सम्बन्धित निकायले उचित कदम चाल्नु पर्ने समयको माग रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।