काठमाडौ महानगरपालिकाले स्थानीय राजपत्र प्रकाशन गर्ने

काठमाडौ महानगरपालिकाले स्थानीय राजपत्र प्रकाशन गर्ने

कपन अनलाइन

काठमाडौ,पौष २६

महानगरले गरेका महत्वपूर्ण निर्णयहरु स्थानीय राजपत्रमार्फत प्रशासन हुने भएका छन् । यस सम्बन्धी कार्यविधि नगर कार्यपालिकाको वैठकले स्वीकृत गरेपछि राजपत्र प्रशासनको बाटो खुलेको हो ।

३ भागमा प्रशासन हुने राजपत्रको पहिलो भागमा ऐन, बजेट तथा नीति, मापदण्ड, कार्यविधि जस्ता विषय समावेश हुनेछन् भने दोश्रो भागमा सूचना, विज्ञप्ति, अधिकार प्रत्यायोजनलगायत विषय र तेश्रो भागमा पदपूर्ति, सरुवा, बढुवाजस्ता प्रकृतिका विषय प्रकाशन हुनेछन् ।

राजपत्रको पहिलो अङ्क कामपा स्थानीय प्रकाशन कार्यविधिका नामबाट प्रकाशन हुनेछ भने दोश्रो अङ्कदेपअ स्थानीय राजपत्रका नामबाट प्रकाशन हुनेछ ।

यसपछि प्रक्रिया अनुसार राजपत्र प्रकाशित हुनेछ । यसअघि भएका निर्णयहरुलाई पहिलो राजपत्रमा समावेश गरिने, महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए  ।

समाचार तथा फोटो साभार :चन्द्रमणि भट्टराई (काठमाडौं अनलाइन )

तपाइँको प्रतिक्रिया ।