त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आठौ बार्षिक साधारण सभा सम्पन्न

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आठौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष २४ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले आफ्नो आठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।धुम्बाराही पार्टी प्यालेसमा सम्पन्न भएको  उक्त कार्यक्रमको प्रमुख अतिथि कपिल देब सुबेदी रहेका थिए भने बिशेष अतिथि राम प्रसाद भण्डारी ,बेद बिध्याश्रम का सालिकराम ढकाल ,डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका बरिष्ठ उपाध्यक्ष किरण थापा ,अन्नत लिंगेश्वर संरक्षण समितिका अध्यक्ष सालिकराम न्यौपाने ,धार्मिक च्यानल ओमकार ध्वनिका संचालक मुकुन्द शर्मा लगायत  २२ वटा इकाईबाट सम्पूर्ण आजीवन सदस्यहरुको उपस्तिथिमा उद्दघाटन सत्र सम्पन्न भएको  थियो ।

कार्यक्रमको सभाध्यक्षता केशब प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रम संचालन चिन्तन केन्द्रकी बरिष्ठ उपाध्यक्षरेखा अर्यालले गरेकी थिइन।  उक्त कार्यक्रम मा दुइ बर्षको कार्यकाल भित्र आफ्नो दक्षता प्रदर्शन गर्न सफल हुने ब्यक्तिहरु ,इकाई र चिन्तन केन्द्रका लागि उल्लेखनीय योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरिएको थियो । सोहि कार्यक्रमको रौनकताले प्रभावित भइ उपस्थित मध्येबाट बिमला श्रेष्ठ र सरला बि.क आजिबन सदस्य बनेका थिए ।

कार्यक्रमको दोस्रो सत्र  नया कार्यकालको लागि पदाधिकारीहरुको  निर्वाचन भएको थियो । बन्द सत्रबाट  सर्वसहमत निर्वाचित पदाधिकारी हरुमा अध्यक्ष रेखा अर्याल , उपाध्यक्ष नवराज श्रेष्ठ ,देबी प्रसाद न्यौपाने र पुष्पा घिमिरे ,त्यसै गरि महासचिब खिल बहादुर खड्का ,सचिब सरिता नेपाल ,सदस्यहरुमा राजु गिरि ,दुर्गा कुइँकेल ,कल्याणी ठकुरी ,दिलिप के.सी , भीमसेन गिरि र राजु सुनार निर्वाचित भएका थिए।

नव निर्वाचित अध्यक्ष रेखा अर्यालले  निर्वाचित पदाधिकारिहरुलाई बधाईका साथै सफल कार्यकालको सुभकामना दिंदै आफुले पाएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्ने बताएकी थिइन।

तपाइँको प्रतिक्रिया ।