ईलाका प्रहरी कार्यालय मनहरीले लागू औषध सहित दुई व्यक्ति पक्राउ गर्यो

ईलाका प्रहरी कार्यालय मनहरीले लागू औषध सहित दुई व्यक्ति पक्राउ गर्यो

कपन अनलाइन

काठमाडौँ,पौष २४ ।

ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ७ स्थित प्रहरी चेकपोष्टमा पौष २२ गते   सवारी साधन रोकी चेक जाँच गर्ने क्रममा हेटौडा बाट चितवन तर्फ जादै गरेको ना. ४२ प. ४६४७ नं. को स्कुटर रोकी चेक जाँच गर्दा सोही स्कुटरमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ को संजय चौधरी र  सोहि ठाउ  बस्ने वर्ष २६ को संजय भुजेलले स्कुटरको (फुट प्यानल) भित्र कालो प्लाष्टिक भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १९ पत्तामा ५७० ट्याब्लेट र रेस्काप ३ बोत्तल सहित पक्राउ गरी लागू औषध ऐन २०३३ बमोजिम दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ  ।

तपाइँको प्रतिक्रिया ।