कपनमा नेकपा- माओवादीको चुनावविरोधी सक्रियता बढ्दो

कपन अनलाइनआगामी मंसिरमा हुने भनिएको संविधान सभाको चुनावको विरोध गरिरहेको नेकपा- माओवादी कपनमा पनि सक्रिय देखिएको छ । युवाहरुको विशेष बाहुल्यता रहेको कपन नेकपा- माओवादीले कपनभर संविधानसभा विरोधी पोष्टर टाँसिसकेको छ ।

 

कपनमा चुनाव बिरोधी पम्पप्लेट टाँस्दै माओवादी कार्यकर्ता
कपनमा चुनाव बिरोधी पम्पप्लेट टाँस्दै माओवादी कार्यकर्ता

अरु दलहरुले चुनावी माहौलमा सक्रिय हुन आग्रह गरिरहेको बेला यतिखेर नेकपा – माओवादी देशभर पार्टी कार्यकर्ताको भेला तथा चुनाव बहिष्कारका लागि कार्यनीति निर्माणमा व्यस्त रहेको कपन माओवादी सेक्रेटरी अशोक पाण्डेले कपन अनलाइनलाई बताए ।

 

यसैबीच नेकपा – माओवादीका वरिष्ठ नेताहरु विप्लव र पम्फा भुषाल श्रावण १३ का दिन कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्न  आइपुगेपछि कपनमा झनै संबिधानसभा बिरोधी कृयाकलाप बढ्ने संभावना रहेको बताइन्छ

 

तपाइँको प्रतिक्रिया ।