नागार्जुन नगरपालिकाका प्रमुख ३ प्राथमिकता र योजनाहरु

नागार्जुन नगरपालिकाका प्रमुख ३ प्राथमिकता र योजनाहरु

कपन अनलाइन

काठमाडौँ,पौष २० ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत लामो समय देखी समाजसेवा र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका व्यक्ति हुन् २०१८  सालमा सीतापाइला बस्नेत गाउँमा बुवा चन्द्र बहादुर बस्नेत र माता लिलादेबी बस्नेतको कोखबाट जन्मेका  बस्नेत २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नागार्जुन नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए।

अधिकारीका  ३ प्राथमिकता , ३ योजनाहरु र १ विशेष योजनाको वारेमा तयार पारिएको सामग्री नगर प्रमुख अधिकारीकै शव्दमा यहाँ प्रस्तुत गरिएको छ ।

नागार्जुन   नगरपालिकाका प्रमुखका ३ प्राथमिकता

नागार्जुन नगरपालिका प्रमुखका धेरै कामहरु मध्य तल प्रस्तुत गरिएका कामहरु पहिलो प्राथमिकतामा परेका छन । जनमत बाट विजयी बनेकोले जनताको हित र सेवा पहिलो काम  रहेको  बताउने प्रमुख बस्नेतले यही कुरालाई ध्यानमा राखेर प्राथमिकता चयन गरेका छन ।नागार्जुन नगरपालिकाले आफ्नो कार्यसम्पादनको शिलशिलामा निम्न कुराहरुलाई आफ्ना मुख्य ३ प्राथमिकतामा राखेको प्रमुख बस्नेत बताउछन  ।

प्राथमिकता १: सडक बाटो

हाम्रो कार्यसम्पादनको पहिलो प्राथमिकता भनेको नगरपालिका भित्र रहेका सडकहरुको विस्तार,सुधार,निर्माण र मर्मत हो ।हामीले टोल स्तरीय ,वडा स्तरीय र नगर स्तरीय बाटोहरुका योजना तयार पारेका छौ।

त्यति मात्र हैन हामीले नेपाल सरकारका सरोकारवाला निकाय संग अन्य मुख्य बाटोहरुका योजनाको बारेमा ताकेता गरि रहेका छौ ।

जव सम्म हामीले नगरपालिकाका हरेक गाउ टोलमा यातायातको व्यवस्था सहज रुपमा गर्न सक्दैनौ तव सम्म हामीले सोचे अनुरुपको विकास गर्न सक्दैनौ । त्यसैले हामीले यातायात र बाटोलाई हाम्रो पहिलो  प्राथमिकतामा राखेका छौ ।

प्राथमिकता २ : आन्तरिक प्रशासन सुधार र सुशासन

नगरपालिका भित्र सुसाशन भएन भने त्यहाँ कुनै पनि कार्यसम्पादन राम्रो संग हुदैन र त्यसले जनतालाई आफ्ना प्रतिनिधि नगरपालिकामा भएको अनुभूति पनि कदापी दिदैन त्यसैले यस नगरपालिकाको दोस्रो  प्राथमिकतामा यो परेको हो ।

जनताको काम तत्काल गर्न सकिएन भने हामीले प्राप्त गरेको मतको अपमान हुन्छ त्यसैले आन्तरिक प्रशासन सुधार र कार्य सम्पादनमा चुस्ततालाई ध्यानमा राखेको छु ।

अहिले हाम्रो नगरपालिकामा कर्मचारीको अभाव छ, जसले गर्दा  हाम्रो कार्य सम्पादनमा असर परेको हामीले महसुस गरेका छौ । सबै वडामा आवस्यक कर्मचारी पूर्ति गरेर जनतालाई हामीले सेवा चुस्त रुपमा दिने योजना बनाएका छौ ।

जनताले अन्य तह भन्दा स्थानीय तहमा आफ्नो काम गर्न आउदा उनीहरुले फरक महसुस गर्नु पर्छ ।  जनताले सरल रुपमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछी नगरपालिका बाट प्राप्त हुने सरकारी कामहरु सुशासन र आर्थिक अनियमितता बिना  र सरल तरिकाले सेवा पाउने पर्ने हुन्छ त्यसैले सुशासन हाम्रो दोस्रो प्राथमिकतामा रहेको छ ।

प्राथमिकता ३ :  स्वरोजगार

युवा साथीहरु विभिन्न देशमा जाने क्रम छ विदेश पलायन हुने क्रम रहेको छ।गाउमै बसेर केहि उद्याम गर्ने सोध बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न विदेसिनु परेकाहरुलाई यहि आफ्नो गाउ ठाउमै कसरी  रोक्न सकिन्छ ।

युवा हाम्रो देशको शक्ति हो, त्यो शक्तिलाई आफ्नै देशमा रोजगारीका अवसर  स्वोरोजगार  कसरी  दिन सकिन्छ र बिपन्न बर्गको लक्षित बर्गको जीवन स्तर सुधार गर्ने कुरालाई हामीले तेस्रो प्राथमिकतामा राखेका छौ ।

प्रमुख योजनाहरु 

योजना नं १ :   सडक स्तरुन्नती खाने पानी समस्या न्यूनीकरण

सीतापाइला देखि  रामकोट, भिमढुंगा ठुलो खोला सम्म अहिले २२ मिटरको बाटो ग्रेडिंग गरेको छ त्यसलाई हटाएर ११ मिटरमा ल्याएर अहिले मुल सडक निर्माण कार्य बाटो बढाउने काम धमाधम भइरहेको छ।

त्यसको लागि नेपाल सरकारबाट ३ फेजको टेन्डर भएर कार्य हुदैछ। नगरपालिकामा विशेष गरी खानेपानीको समस्या छ । त्यसका लागि हामीले श्रोतको पहिचान पनि गरिसकेका छौ । कहाँ, कुन श्रोत परिचालन गरेर हुन्छ खानेपानीको समस्याबाट नागार्जुन वासीलाई मुक्त गर्नेछौ ।

योजना नं २ : फोहोर र ढल ब्यबस्थापन

नगरपालिकामा फोहोर मैला व्यवस्थापन गर्ने काम हाम्रो अर्को योजना हो । यसका लागी नगरपालिकाको गाडी साथै ठेकेदारहरु संग उपलव्ध श्रोत तथा साधनको उचित प्रयोग हामीले गरिरहेका छौ ।

यसलाई प्रभावकारी बनाउदै लैजानु पर्ने छ जसका लागी हामी छलफलमा छौ। फोहोर ब्यबस्थापनमा चुनौती रहेको छ ढल ब्यबस्थित बनाउनु पर्ने रहेको छ

योजना नं ३ :नगरपालिकालाई   पर्यटन क्षेत्रको रुपमा  विकास गर्ने

हाम्रो नागर्जुन नगरपालिका भन्ना साथै एउटा सौन्दर्यको रुपमा लिईन्छ । यो रानी बन र  नागार्जुन बन छ। त्यसको नाम बाट नागर्जुन नगरपालिका बनेको हो ।

यसको हिल साइट र बालाजुको २२ धारा देखि कलंकीको कंकाली सम्म यो पर्दछ ।यो सौन्दर्य कहिले पनि नमासिने बनहरु रहेका छन ।त्यसको मुनि समथर खेति योग्य जमिन छ र अर्को चक्रपथ देखि एउटा रेसिडेन्ट एरिया रहेको छ  यो तीन तहको छ ।

यहाँ खासगरी पहाडी भेगमा हामीले पर्यटन योग्य होम स्टे संचालन गर्न सक्छौ। पदमार्ग बनाउन सकिन्छ ।सबैभन्दा राम्रो भनेको यहाको हावा हो ,स्वच्छ हावा भएको हुनाले रिसोर्ट होटेलहरु समेत संचालन गरेर आन्तरिक र बाह्य पर्यटनको लागि गन्तब्यको रुपमा अघि बढाउन सकिन्छ।

त्यस्तै त्यसको लागि  गुरुयोजना सहित  होटेल ह्यात रेजेन्सी संग र अन्य प्राइभेट सेक्टर संग  पनि  समन्वय गरेर अघि बढ्दै छौ।त्यस्तैगरी   , धार्मिक क्षेत्र पनि यहाँ रहेको छ । हवाईट गुम्बा ,आदेश्वोर मन्दिर काठमाडौँको चार नारायण मध्येमा एक नारायण इचंगुनारायण मन्दिर पनि यसै नगरपालिकामा पर्ने भएकोले धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना बोकेको हुनाले त्यसलाई गुरुयोजनाका साथ् लानको लागि एउटा गुरुयोजना समेत बनाएका छौ। त्यसलाई थप ब्यबस्थित गर्दै पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

 विशेष योजना :

अब अहिले हामी यहाँ आइसकेपछि बिशेष योजना भनेर २० हजार फलफुल बिरुवाहरु जनतालाई निशुल्क बाँढेका छौ। त्यो किन बाँढेको  भन्दा त्यसले बाताबरण पनि हरियाली बनाउने र आयआर्जन पनि त्यो फलफुल बिक्रि गरेर हुने हामीले कागती ,सुन्तला एभोकाडो  ,बुद्दचित्त को बोट रुद्राक्ष अब हामी किवीको बोट बाँढदै  छौ।

त्यसले हरियाली सहित र आर्थिक आयआर्जनमा ठुलो महत्व राख्ने भएकोले त्यो बिशेष योजनामा राखेका छौ।  हामीले यो नागार्जुन नगर पालिका राष्ट्रिय निकुन्जले पनि छोएको र सुख्खा याममा  डढेलो लगेर जान धनको क्षति हुन सक्ने समयमा दमकल पुग्न नसक्ने डांडा पाखामा समेत घर हरु भएको हुनालेर नगरपालिका संग पनि दमकल नभएको हुँदा आगोलागी बाट पहिले धेरै ठाउमा क्षति भएको थियो ।

त्यसलाई मध्येनजर गर्दै   प्रत्येक घरमा २ लिटर को आगो निभाउने फायर एक्स्टिंग गुइसर बितरण गर्ने तयारी गरेका छौ।  हामीले हरेक विद्यालयलाई  हामी संग  १९ वटा सामुदायिक  बिद्यालयहरु छन ।

त्यहाँ चाहिं  धनीका र हुने खानेका छोरा छोरी त्यहा नपढी कन राम्रा निजि बोर्डिंग मा पढ्न जाने  तर आर्थिक स्थिति कमजोर बिपन्न बर्गका  मात्र सामुदायिक बिध्यालयमा पढ्ने भएको हुनाले अब तिनीहरुको लागि एउटा स्तरीय शिक्षा उनीहरुले पनि पाउन भनेर हामीले अहिलेको पालि राज्यले दिएको भन्दा पृथक एउटा विद्यालयलाइ नमुना बिद्यालय बनाउन  १५ लाखको बजेट दिएका छौ।

हामीले स्वास्थ्य बिमा अहिले नेपाल सरकारले ३२ जिल्लामा स्वास्थ्य बिमा गरेको छ। त्यो स्वास्थ्य बिमा २५ सय जनताले  तिरे पछि पांच जना  बराबरलाइ ५० हजार सम्मको स्वास्थ्य उपचार खर्च दिने थियो ।

तर हामीले त्यो भन्दा भिन्न के गर्न खोजेका  छौ, भने यो पाइलट प्रोजेक्ट रुपमा हामीले त्यसलाई सुरुवात गर्दैछौं। हामीले साँढे १२ सय रुपैया हामी जनता संग उठाउने र साँढे १२ सय चाहिं नगरपालिकाले थप  गरेर हाल्दिने त्यो पनि रकम हामीले बिनियोजन गरेर राखिसकेका छौ।

युवाहरु विदेश पलायन रोक्नको लागि एउटा वडामा ५ जनालाई महिला दलित आदिबासी जनजाती पिछडिएको वर्ग र शीप जो संग छ, तर पैसा छैन त्यस्तोलाई हामीले सहकारी संग सहकार्य गरेर जमानी हामी बसेर तीन लाख देखि ५ लाख रुपैया हामीले दश वटै वडामा ५ /५ जनालाई बाढ्ने हामीले योजना रहेको छ

तपाइँको प्रतिक्रिया ।