विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग
कपन अनलाइन
म्याग्दी, १५ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गरेका छन् ।
मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उनका छोरा देवबहादुर खड्काको परिवारले ३० लाखभन्दा बढी सहयोग गरेका हुन् ।
जग्गा खरिद र भवन निर्माणमा १५ लाख ९ हजार सहयोग गरिसकेका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।