क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार

क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार

कपन अनलाइन 

एजेन्सी, १५ पुस । रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन्। उनले आवश्यक पर्ने भए दुई क्लबलाई यस बारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन्।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ। रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन्।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमार भन्दा कम पारिश्रमिक पाउने गरेका छन्। यस्तै रियल मड्रिड नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएका छन्।

तपाइँको प्रतिक्रिया ।