फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख
कपन अनलाइन
इलाम, १५ पुस । फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३ लाख ३७ हजार ३८९ छुट्याइएको छ ।
गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईले जानकारी दिए । सोही अवसरमा आर्थिक विधेयक २०७४÷०७५ र आर्थिक विनियोजन विधेयक २०७४÷०७५ प्रस्तुत भई पारित भएको छ ।
तपाइँको प्रतिक्रिया ।