प्रहरी वृत्त बौद्धका नायव उपरिक्षक मनोजकुमार के.सी. सँगको अन्तर्वार्ता
प्र
हरीबाट हामीले के पाइरहेका छौं वा पाउनेछौं भन्ने कुराको उत्तर सजिलै दिन नसकिए पनि प्रहरी बिनाको समाज हामी कल्पना गर्न सक्दैनौं । कपनमा हामीलाई अझ ३–४ वटा प्रहरी बिटहरु बढाउन पाए हुन्थ्यो जस्तो लागिरहेको छ । कपन प्रहरी प्रभागमा इन्स्पेक्टरको दरबन्दि कहिले आउला भनेर पर्खिबसिरहेका छौ हामी । यहि प्रशंगमा यतिखेर कपनमा प्रहरीलाई खटनपटन गर्ने बौद्ध प्रहरी वृत्तमा उर्जाशिल र वौद्धिक प्रहरी नायब उपरिक्षक कार्यरत छन्– मनोजकुमार के.सी. । के.सी. वौद्ध वृत्तमा आएपछि यस भेकका धेरै समस्या न्यूनिरकरण भएको मानिन्छ । कपन अनलाइनले उनीसँग उनकै कायकक्षमा गएर वार्ता गरेको छ ।
नुवाकोटको तुप्चे पुख्र्यौली घर भएका मनोज कुमार के.सी. अध्ययनशिल र बौद्धिक व्यक्तिको रुपमा उनका समकालिनमा पनि परिचित छन् । उनले त्रिचन्द्र कलेजबाट बि एससि तथा सोसियोलोजीमा मास्टर्स गरेका छन् भने जनप्रशासन कलेजबाट एमपिए पनि गरेका छन् । त्यसैगरी कन्फ्लिक्ट म्यानजेमन्टमा कम्बोडियाबाट मास्टर्स गरेका के.सी.ले कन्फ्लिक्ट म्यानजेमन्ट विषयमा पुस्तक पनि लेखेका छन् । कपन अनलाइनका सम्पादक केशव पाठकसँग उनले गरेको ३० मिनेट सुरक्षा वार्ता गरेका छन् ।
- कपन अनलाइनः शान्ति सुरक्षाको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो । तपाइँले सम्हालेको वृत्तको माताहातको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
मनोजकुमार के.सी.ः शान्ति सुरक्षा हाम्रो समाजको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । बौद्ध भेक विगतदेखि नै शान्ति सुरक्षाको दृष्टिकोणमा अलि चुनौतिपूर्ण छ भन्ने कुरा सुनिँदै आइएको पनि हो । म यहाँ आएपछि केही २–४ ठाउँका घटनाहरुबाहेक सहरको अन्य भेकको भन्दा पृथक अवस्था यहाँको देखिन । यद्यपि सुरक्षाको कुरा गर्दा यो भेकमा बसाई सराई गरेर आउनेहरुको ठूलो चाप भएका कारणले सुरक्षाका कुराहरु पनि फरक छन् नै ।
- कपन अनलाइनः फ्रि–टिबेटका पक्षधर अलि बढि बसोबास गर्ने क्षेत्रको रुपमा चिनिने भएकोले यो संवेदेनशिल क्षेत्र त हो नि, हैन र ?
मनोजकुमार के.सी.ः हो, फ्रि–टिबेटको हिसाबले अन्तर्राष्टिय चासोको क्षेत्र पनि हो यो । नेपालको नीतिका कारण पनि संवेदनशिल नै मानिन्छ । संवेदनशिल क्षेत्रमा आमरुपमा शान्ति सुरक्षा सुदृढ बनाइएको हुन्छ ।
- कपन अनलाइनः तपाईं यस वृतको प्रमुख भएर आए पछि के त्यस्ता महत्वपूर्ण कामहरु भए होलान् ?
मनोजकुमार के.सी.ः म आएपछि सबैभन्दा पहिले यहाँको चुनौतिहरुलाई सर्वे तथा विश्लेषण गर्ने काम भयो । यहाँ देखिएका समस्याहरुको हल गर्नका लागि हामीले योजना बनायौं । समस्या समाधान गर्ने कामहरु कतिपय कार्यान्वयनका चरणमा छन् भने कतिपय निकट भविष्यमा कार्यान्वयन गर्ने तयारी गरिरहेका छौं । यो बौद्ध वृत्त र यसका इकाइलाई अध्ययन गर्दा केही यहाँका मौलिक स्वरुप र यसबाट परिरहेको असरलाई हामीले सम्बोधन गर्ने प्रयास गरेका छौं । पहिलो कुरा, बौद्ध क्षेत्रमा अन्य क्षेत्रकोभन्दा फरक धार्मिक तथा सांस्कृतिक जीवन रहेकोले यही सांस्कृतिक पक्षबाट पनि केही अपराध हुने गरेको पाइन्छ । त्यसैले मैले यहाँ सुरु गरेको काम भनेको यी भेकमा रक्सि वा मादकपदार्थ बेचबिखनबाट हुने घटनाहरु बिरुद्ध एयष्अिभष्लन ायच ःभतबायचभ अभियान सुरु गर्यौं । जसले धार्मिक आस्थालाई मर्न नदिइकन अपराधलाई कन्ट्रोल गर्ने काम गर्दछ । यसमा पनि हामीले महत्व दिएका विषय भनेका ३० वर्षभन्दा कम उमेरका मानिसले मादक पदार्थ सेवन गर्दा तिनिहरुबाट अपराध बढि हुन सक्छ । त्यसैले भट्टिजन्य मदिरापसललाई व्यापक निगरानी गरियो र अहिले त्यो समस्या न्युनिकरण भएको छ । पहिला पहिला पनि यस्तो निगरानी गर्ने काम त हुन्थ्यो तर अहिले अहिलेचाहिँ यसरी भट्टि चलाउनेहरुको एउटा युनिट बनाएका छौं । उहाँहरुले हामीले बनाएको ६ वटा गाइडलाइन्स बनाएर सांस्कृतिक रुपमा प्रयोग गरिने रक्सि बाहेक अरुलाई निषेध गरेका छौं । नयाँबस्तिहरुमा यहाँहरुले पनि याद गर्नुहोला प्रत्येक भट्टिमा गाइडलाइन्स टाँसिएको पनि छ । हामीले यी भट्टीहरुलाई अनुगमन पनि नियमित गरिरहेका छौं ।
- कपन अनलाइनः हाम्रो समाजमा अहिले एउटा मानिस चोर, डाँका वा बलात्कारी हुनुसँगै उ कहिँकतै कुनै दल विशेषको मानिस पनि हुन्छ । राजनीतिक दलबाट समस्याहरुमा प्रभावित पार्न सकिने घटना प्रशस्त पाइन्छ । यहाँले गर्नु भएको अनुभव कस्तो छ ?
मनोज कुमार के.सी.ः कुनै मानिसलाई अन्याय पर्ला वा यसलाई छोडिदिनु पर्छ भन्ने कुराहरु सूचनाको तहमा भनिनुलाई म अन्यथा मान्दिन । अब यहि सूचनालाई दवाबकोरुपमा मैले लिने कि नलिने भन्ने कुरा हो । कहिलेकाहिँ यहि सूचना दवाबको रुपमा आउन पनि सक्छ । तर मलाई दवाब दिने अवस्था पनि आएको छैन र म दवाबमा प्रभावित पनि हुन्न । यो हाम्रै समाज हो त्यसैले यो मेरो मानिस हो भनेर आउनेहरुलाई मैले दवाबको रुपमा लिँदै लिन्न ।
- कपन अनलाइनः हरेक मानिसका आफ्ना राजनीतिक वा जीवनको सिद्धान्त हुने गर्दछ । प्रहरी पनि यहि समाजको मानिस हो उसको पनि देखाउन नमिले पनि सिद्धान्त हुन्छ नै । आफ्नो आइडोलोजीका कारणचाहिँ अरु दलका मानिसलाई अन्याय र आफ्नो दलका मानिसलाई न्याय हुने सम्भावना कतिको हुन्छ ?
मनोेजकुमार के.सी.ः कहिँ कतै मानिसमा एउटा सिद्धान्तको असर हुन सक्ला तर जुन पेशामा म छु दल विशेष, जात विशेष वा धर्म विशेषका कारणले यो पेशाबाट नकारात्मक सन्देश जानु हुँदैन भन्ने मलाई लाग्दछ । यसमा स्वभावतः प्रहरी भएको नाताले बढि नै सचेतता अपनाइन्छ । कानुनलाई मान्ने र मनाउन अभिप्रेरित गराउने रोल हाम्रो भएकोले पार्टी विशेषको कुराले हामीलाई छुने गर्दैन । छुनु पनि हुँदैन ।
- कपन अनलाइनः जनताचाहिँ दाँजेर हेर्ने स्वभावको हुन्छ । पहिलेको डिएसपि यस्तो थियो अहिलेको डिएसपि यस्तो छ भनेर दाँज्छ उसले । यहाँ यस वृत्तमा आएपछि केही फरक त्यस्तो काम भयो होला जसले जनता केही हुँदैछ भनेर सन्तुष्ट हुन सकोस् ।
मनोजकुमार के.सी.ः घटनाका तथ्यांक नै हुन् बोल्ने विषय भनेको । तथ्यांकका आधारमा भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले कम क्राइम भएको छ । क्राइम पनि दुई किसिमको हुने गर्दछ, रिपोर्टेड र अनरिपोर्टेड । रिपोर्टेड क्राइमको कुरा भन्नुपर्दा पहिलेभन्दा अहिले घटेको मात्र हैन धेरैमात्राले घटेको छ । कसरी घटना घटे भन्ने कुराहरु आउन सक्ला । हामीले यस्ता समस्या घटाउन विभिन्न प्रयासहरु गरेका छौं । हामीसँग भएको म्यानपावरलाई अधिकतम सदुपयोग गर्ने गरिएको छ । हामी यतिखेर चावहिलदेखि जोरपाटीसम्म सिसिटिभि जडान गरेर परिक्षण सुरु गरेका छौं । यो नेपाल प्रहरीको नेटवर्कमा नेपालभरीकै सबैभन्दा राम्रो हाइडिफिनिसन क्यामरा भएको सिसिटिभि निगरानी कार्यक्रम हो । यहाँ ३५ भन्दा धेरै क्यामराहरु हुने गर्छन् । चाँडै नै यी क्यामराहरु पूर्णरुपमा चल्न थाल्नेछन् । क्राइम घटबढ भैरहने हुँदा यस्ता स्थायी चिजहरुमा हामी फोकस भयौं भने सुरक्षा प्रत्याभूE0
