निर्वाचनमा पार्टी पराजित भएको खवरले ओखलढुंगाका गुरुंगको मृत्यु

निर्वाचनमा पार्टी पराजित भएको खवरले ओखलढुंगाका गुरुंगको मृत्यु

कपन अनलाइन 

काठमाडौ,मंगसिर २६।

ओखलढुंगामा भएको निर्वाचनमा पराजित भएको खवर सुनेर ३७ वर्षीय केशव गुरुङको मस्तिष्कघातका कारण निधन भएको छ ।

स्थानीय स्तरमा बाबु नामबाट चिनिने सिद्धिचरण नगरपालिका–४ का गुरुङ प्रतिनिधिसभामा काँग्रेसका युवा नेता रामहरी खतिवडा पराजित भएको खबर सुन्नेबित्तिकै ढलेका थिए । टाउको दुख्यो भन्दै ढलेका गुरुङलाई हेलिकोप्टरमा काठमाडौं ल्याइए पनि उपचार हुन सकेन । उनको राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भयो । गुरुङ काँग्रेस निकट तरुण दलका क्षेत्रीय  सभापति थिए ।

गत स्थानीय तहको निर्वाचनमा उनी सिद्धिचरण नगरपालिका–४ को वडा अध्यक्ष पदमा उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिए  । गुरुङको निधनमा दुःख व्यक्त गर्दै खतिवडाले भने ‘मेरो पराजयबारे खबर सुन्नेबित्तिकै ढल्नुभएछ, हेलिकोप्टर मगाएर काठमाडौं पठाइयो तर बचाउन सकिएन’, ।

गुरुङको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा काँग्रेस नेता प्रकाशमान सिंहले पार्टीको झण्डा ओढाएका थिए ।

तपाइँको प्रतिक्रिया ।