रामेश्वर फुंयालले मतदातालाई धन्यवाद दिए

रामेश्वर फुंयालले मतदातालाई धन्यवाद दिए

कपन अनलाइन 

काठमाडौ,मंगसिर २६ 

काठमाडौं क्षेत्र नं ३ प्रदेस सभा २ का नव निर्वाचित प्रदेस सभा क्षेत्र सदस्य रामेश्वर फुंयाल ले मतदातालाई धन्यवाद दिएका छन ।उनले मंसिर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र न ३ प्रदेश २ बाट आफ्नो अमुल्य मत प्रदान गरि  बिजयी बनाउने सम्पुर्ण मतदाताहरु प्रती हर्दिक आभार व्यक्त गरेका छन ।  भुमिगत राजनीतिक आन्दोलनदेखि राजनीतिमा प्रवेश गरेर समाज परिवर्तनको नारा बोकिरहँदा क्षेत्रको सबै ठाउँमा पुगेको बताउदै अझै क्षेत्रको विकासमा लाग्ने उनले बताएका छन  ।

रामेश्वर फुंयालको सन्देस :आभार तथा धन्यवाद 
यहि मंसिर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र न ३ प्रदेश २ बाट आफ्नो अमुल्य मत प्रदान गरि मलाई बिजयी बनाउनुहुने सम्पुर्ण मतदाताहरु प्रती हर्दिक आभार व्यक्त गर्दछु । यस विजयी अभियानलाई सफलतामा पुर्याउन अहोरात्र खट्नुहुने वाम गठबन्धनका सम्पुर्ण नेताकार्यकर्ता, मेरा सम्पूर्ण समर्थक र शुभेच्छुक साथीहरूलाई हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछु । तपाईले विश्वास गरेर दिनुभएको १।१ मतलाई खेर जान नदिई आफ्नो कर्तव्य पुरा गरेर तपाईंहरुको थप विश्वश जित्नेछु । भुमिगत राजनीतिक आन्दोलनदेखि राजनीतिमा प्रवेश गरेर समाज परिवर्तनको नारा बोकिरहँदा म यो क्षेत्रको सबै ठाउँमा पुगेको छु । यहि माटोमा जन्मिएर हुर्केको मेरा लागि यो अपरिचित र नयाँ क्षेत्र होइन, यहाँको समस्या र जनभावना मैले राम्ररी बुझेको छु । स्थानीय जनताको जनभावना र विकास निर्माणका लागि अहोरात्र क्रियाशील रहेको छु, दिर्घकालिन र पूर्णकालिन राजनीति मेरो जीवन बनेको छ । एक राजनीतिक नेता, कार्यकर्ताको रुपमा र २ पटक गाविस अध्यक्ष हुदै जिविस उपसभापती, संविधान सभाको सदस्यका रुपमा समेत मैले विगतमा खेलेका भूमिकाको तपाईहरुले मतदान मार्फत अफ्रोठयारो अवस्थामा मूल्यांकण गर्नुभएको मैले महशुस गरेको छु । राष्टिङय झण्डालाई उच्चो राख्न, देशको विकास र जनताको तिब्र आर्थिक विकासका लागि मेरो भूमिका निरन्तर हुनेछ । यो निर्वाचननामा मलाई र देश भरि प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैमा वाम गठबन्धनका उम्मेदवारहरु लाई जिताउन सहयोग गनुहुने सम्पुर्ण मा पुन आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
रामेश्वर फुयाल ।

तपाइँको प्रतिक्रिया ।