नारायण सिलवालले मतदातालाई धन्यवाद दिए

नारायण सिलवालले मतदातालाई धन्यवाद दिए

कपन अनलाइन 

काठमाडौ,मंगसिर २६ ।

काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र १ बाट निर्वाचित प्रदेस सभा सदस्य नारायण सिलवाल ले मतदातालाई धन्यवाद दिएका छन ।उनले २०७४ मंसीर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनमा काठमाण्डौं क्षेत्र नं.- ५(१) बाट अत्यधिक मत प्रदान गरी उनलाई  विजयी बनाउने सम्पूर्ण मतदाताहरू प्रति हार्दिक आभार व्यक्त गरेका गरेका छन ।

नारायण सिलवालको कृतज्ञता तथा धन्यवाद !

२०७४ मंसीर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनमा काठमाण्डौं क्षेत्र नं.- ५(१) बाट अत्यधिक मत प्रदान गरी मलाई विजयी बनाउनुहुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस अभियानलाई सफलतामा पुर्याउन अहोरात्र खट्नुहुने वाम गठवन्धनका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू, निर्वाचन कार्यमा जिम्मेवारीपूर्वक भूमिका खेल्नुहुने निर्वाचन आयोग सम्वद्ध कर्मचारी तथा सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चहान्छु  । निर्वाचनको क्रममा जनता/ मतदाता समक्ष आफूले व्यक्त गरेका प्रतिबद्धतालाई म कहिल्यै विर्सने छैन – आगामी दिनमा म तिनै कुराबाट निर्देशित भैरहनेछु । ती प्रतिवद्धताहरू पुरा गर्न सँधै यहाँहरूको साथ सहयोगको पनि अपेक्षा गर्दछु । मैले आफूलाई थप जिम्मेवारी प्राप्त गरेको र त्यसलाई सफलताका साथ पुरा गर्नुपर्ने चुनौतीका सामु उभिएको महसूस गरेकोछु ! सबैमा पुन: हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछु ! 


नारायणसिलवाल
प्रदेशसभा सभा सदस्य,
काठमाण्डौं क्षेत्र नं.५ (१)
२०७४ मंसीर २६

तपाइँको प्रतिक्रिया ।