वाम गठवन्धनको प्रत्यक्षतर्फ दुई तिहाई बहुमत

वाम गठवन्धनको प्रत्यक्षतर्फ दुई तिहाई बहुमत

कपन अनलाइन 

काठमाडौ,मंगसिर २५

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ वाम गठवन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ। वाम गठवन्धनका साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १ सय १० सिटमा विजय प्राप्त गरेसँगै दुई तिहाई पुगेको हो।

एमालेले प्रत्यक्ष तर्फ ७६ सिटमा विजय प्राप्त गरेको छ भने माओवादीले ३४ सिटमा विजय भइसकेको छ। वाम गठवन्धनकै राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा आफुलाई सुरक्षित गर्दा गठवन्धनले १ सय ११ सिटमा विजयी छ।

एमाले अझै ५ स्थानमा र माओवादीले २ स्थानमा अग्रता कायम गरेको छ। समानुपातिक र प्रत्यक्ष गरेर २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा दुई तिहाई पुर्‍याउनको लागि गठवन्धनलाई ७४ सिट आवश्यक छ। सामानुपातिक तर्फको मतगणना भैरहेको छ। समानुपातिक भोटमा पनि एमाले पहिलो र माओवादी तेस्रो स्थानमा रहेको छ। प्रतिनिधि सभामा दुई तिहाई बहुमत हुनको लागि १ सय ८४ सिट आवश्यक पर्छ।

नेपली कांग्रेसले २१ सिटमा विजयी भएको छ । संघीय समाजवादी फोरम १० सिट, राजपा १० सिट, नयाँ शक्ति, मजदुर किसान पार्टी,राप्रपा र स्वतन्त्र उम्मेदवारले १र१ सिटमा विजय निकालेका छन्। प्रत्यक्षतर्फको मत गणना अझै जारी छ।

तपाइँको प्रतिक्रिया ।