उत्कृष्ट पथमा ओस्कार स्कलर्स एकेडेमी
कपन अनलाइनथोरै पैसामा गुणस्तरीय शिक्षा भन्ने योजनामा विद्यालय संचालन गर्ने ओस्कार स्कलर्स कपनमा पृथक पहिचान बनाउँदै छ । कपन १ मा रहेको ओस्कार स्कलर्स स्कूलले यो साल पहिलोपटक एसएलसिमा आफ्ना विद्यार्थीहरुलाई समावेश गरेको थियो । विद्यार्थीले ल्याउने अंक वा प्रतिशतभन्दा उसले प्राप्त गर्ने व्यवहारिक र गुणस्तरीय शिक्षाले विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने मान्यता राख्ने यो विद्यालयले एसएलसिमा पनि राम्रो नतिजा ल्याएको छ । कूल ९ जना विद्यार्थी एसएलसिमा समावेश भएकोमा शतप्रतिशत नतिजा निकालेको छ । उत्तीर्ण भएका विद्यार्थीहरुमध्ये १ जना सर्वाेत्कृष्ट र ८ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।
३२० जना विद्यार्थी अध्ययनरत यो स्कूललाई अधिकांश संचालक कपनका नै छन् । विद्यार्थीलाई सामाजिक क्षेत्रमा पनि सकृय बनाउनु पर्छ भन्ने मान्यता राखेको यस स्कूलले कपनमा पहिलो पटक मार्सल आर्ट, संगीत तथा नृत्यलाई पाठ्यक्रममा राखेर अध्यापन गरिरहेको छ ।
यस स्कूलले पहिलोपटक एसएलसिमा उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरुलाई हालै सम्मानको कार्यक्रम आयोजना गर्यो । डा. रणबहादुर रावल प्रमुख अतिथि भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष प्रमोदकुमार ढुंगानाले विद्यालयलाई अझै राम्रो बनाउन व्यवस्थापन समिति सक्रिय रहेको बताए । कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक श्याम डोटेलले गुणस्तरीय शिक्षामा ओस्कार स्कलर्स एकेडेमीले दिएको जोडलाई अझै महत्वका साथ अगाडि बढाउने बताएका थिए । कार्यक्रममा सागर बैजुलगायत विभिन्न वत्ताले बोलेका थिए ।