कपन खुल्ला दिशामूक्त अभियानको घोषणाको विशेष तयारी

कपन खुल्ला दिशामूक्त अभियानको घोषणाको विशेष तयारी

Mugdha Singh recycle-waste-management[1]कपन अनलाइनकपन गाविसलाई खुल्ला दिशामूक्त गाविस बनाउने अभियानका संचालित यो वर्षको विभिन्न कार्यक्रमको  समापन गर्न विशेष तयारी भैरहेको छ । असार ३० गते आयोजना हुने विशेष कार्यक्रमबाट कपनलाई खुल्ला दिशामूक्त क्षेत्र भनेर घोषणा गरिनेछ ।  कपन गाविसअन्तर्गत बनेको वातावरण तथा फोहरमैला समितिबाट केही महिनादेखि विविध कार्यक्रमहरु संचालित भैरहेका थिए । कपन गाविसअन्तर्गत बनेका समितिहरुमा सबैभन्दा क्रियाशिल तथा प्रभावकारी भनिएको यस उपसमितिले कपन गाविसका विभिन्न वडाहरु शौचालयका सामानदेखि फोहरमैला व्यवस्थापन गर्ने विविध काम तथा कार्यक्रमहरु संचालन गरेको थियो ।
कपन भौगोलिक रुपमा सुन्दर भए पनि बढ्दो बस्ति तथा जनसंख्याका कारण बिग्रँदो वातावरणका प्रति सचेतना जगाउन कपन गाविसले वातावरण तथा फोहरमैला व्यवस्थापन समिति निर्माण गरेर बजेट एवम् कार्यक्रमहरु संचालन गरेको थियो । कपन गाविसका सचिव लोमस आचार्यका अनुसार यस्ता खाले कार्यक्रमले तत्काल कपन खुल्ला दिशामूक्त क्षेत्र बन्न नसके पनि खुल्ला दिशामूक्त क्षेत्र बन्न उपयूक्त वातावरण बन्नेछ । उनले आगामी वर्षको बजेटमा वातावरण क्षेत्रमा उल्लेखनीय कार्यक्रम संचालन गर्ने जनाउँदै यस वर्षको कार्यक्रमको समिक्षापश्चात आगामी वर्षका लागि योजना बनाइने जनाए ।
image14[1]कपन गाविसअन्तर्गत बनेको वातावरण तथा फोहरमैला व्यवस्थापन समितिका संयोजक अशोक पाण्डे गाविसमा संचालन भएका कार्यक्रमहरु महत्वपूर्ण र प्रभावकारी रहेको बताउँछन् । पाण्डेका अनुसार कपनका केही निश्चित ठाउँमा सार्वजनिक शौचालय निर्माण कार्य चाँडैनै शुरु हुनेछ । उनले आगामी दिनहरुमा खुला दिशामूक्त क्षेत्रलाई प्रभावकारी बनाउन र वातावरण संरक्षण गर्न राम्रा कार्यक्रमहरु आउने जनाए । कपन गाविसले यहि वातावरण संरक्षणका लागि भनेर वडा नं. २ र ५ मा एक घर एक चेरी कार्यक्रम लागु गरेको छ ।

तपाइँको प्रतिक्रिया ।