बगलामुखी मार्गको कालो पत्रे कार्य सम्पन्न

बगलामुखी मार्गको कालो पत्रे कार्य सम्पन्न

999673_169636589875335_1215252523_n[1]कपन अनलाइन कपन गाविसको २ नं. वडामा रहेको वगलामुखी मार्गको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । आकाशेधारा बगलामुखी सुधारमार्ग नाम राखिएको योजना सगरमाथा चोकदेखि अधिकारी गाउँसम्मको कच्चि बाटोलाई सुधार गरी कालोपत्रे गरिएको हो । यस कार्यका लागि कुल खर्च ४५ लाख अनुमान गरिएकोमा जिविस काठमाडौंबाट १० लाख तथा गाविस कपनबाट ९ लाख प्रदान गरिएको थियो । त्यसैगरी सडक विभा भने बाँकी रकम स्थानीयबासीहरु स्वयम्ले उठाएका थिए । स्थानीय सामाजिक व्यक्तिहरुको अगुवाइमा बनेको आकाशेधारा बगलामुखी सुधारमार्ग मूल समितिका अध्यक्ष रामप्रसाद अधिकारीको सक्रियतामा यो निर्माण पक्रिया सम्पन्न भएको हो । लगभग ५०० मिटर लम्बाई रहेको यस सडकखण्डको बाटोको चौडाइ ५ मिटर गरी निर्माण भएको बाटो करिब २८०० वर्ग मिटर परिधिको बनेको छ   ।

 

1044173_169852126520448_1582153489_n[1]

आयोजक मूल समितका सचिव डिल्लि न्यौपानेका अनुसार यो कालो पत्रे गर्ने कार्यमा सडक विभागले पनि  २४५ वर्ग मिटरमा स्थानीय जनसहभागिता ५० प्रतिशत रहने गरी सहयोग गरेको छ । जिविसबाट प्राप्त हुने रकममा २५ प्रतिशत जनसहभागिता प्रयोग गरेर ८८५ वर्ग मिटर कालो पत्रे भएको बताउँदै न्यौपानेले गाविसको अनुदानमा २५ प्रतिशत जनसहभागिता प्रयोग गरेर ७०० वर्ग मिटर कालोपत्रे गर्ने कार्य भएको जानकारी दिए । उनका अनुसार बाँकी करिब १००० वर्ग मिटर भने स्थानीय जनसहभागितामा मात्र बनेको हो ।

 
1016518_169854959853498_1301446907_n[1]स्थानीय जनसहभागितअन्र्तगतको उठ्नु पर्ने करिब १४ लाख ५० हजारमा हालसम्म ७ लाख मात्र उठेको हुँदा बाँकी रकम उठाउन यतिखेर समिति लागिरहेको पनि सचिव डिल्लि न्यौपानेले कपन अनलाइनलाई बताए । उनले चाँडैनै यो ५०० मिटर लामो सडकको साइडड्रेन बनाउने प्रकृया पनि शुरु हुने जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।