नवोदय बहुउद्देशिय सहकारी संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिबेसन सम्पन

नवोदय बहुउद्देशिय सहकारी संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिबेसन सम्पन

कपन अनलाइन 

काठमाडौ,कार्तिक १२।

नवोदय बहुउद्देशिय सहकारी संस्थाले २०३७-०७४को वार्षिक साधारण सभा बुढानिलकण्ठ नगरपलिकाका प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतित्यता  र बुनपा १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा इन्दावती गाउंपालिका वडा नं  ९ का अध्यक्ष बाबुराम लामा र बुनपा १२ का सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

उत्त साधारण सभाले  सस्थाको ०७३-०७४ को आय ब्यबा बिबाराण पारित गरेको छ । उत्त सभामा अध्यक्षको प्रतिबेदन लेखा समितिको प्रतिबेदन र आर्ठीक प्रतिबेदन र र  २०७४-०७५ को लागी विभिन्न  योजना छलफल सहित पारित गरेको  छ ।

सो  साधारण सभा ले आगामी  ३ बर्षको लागि संचालक समिती लेखा समिती पनि चयन गरेको छ ।

सो संस्थाको संचालका समितिमा अध्यक्ष राजन आचार्य ,उपाध्यक्ष कृष्णमणी सापकोटा, सचिव नेत्र आचार्य, कोषाध्यक्ष बिष्णु प्रसाद भट्टराई र  सदस्यहरुमा  बद्री प्रसाद नेपाल, रामहरी पराजुलिर नबिन आचार्य निर्वाचित भएका छन ।

लेखा सुपरिवेक्षण  समितिमा गणेश प्रसाद भट्टराई संयोजक , भरत गुरागाइ र बिश्वराज धिताल सदस्य निवाचित भएको छ ।

सो  साधाराण सभामा स्थानीय निर्वाचनमा  निर्वाचित  बुनपका प्रमुख उद्दव  खरेल, सस्था का सदस्य समेत रहेका  शम्भु प्रसाद भट्टराई र बाबुराम लामा र बुनपा १२का वडा सदस्यहरुलाई निवर्तमान  अध्यक्ष नारायण बाहदुर भुजेलले सम्मान गरेका थिए।

फोटो सौजन्य :बिष्णु भट्टराई

तपाइँको प्रतिक्रिया ।