अब महाधिवेशन अघि नै अध्यक्ष तोकिन्छ- योगेश भट्टराई, एमाले युवा नेता
चुनावलाई लक्षित गरेर एमालेले अहिले एक महिने पार्टी अभियान चलाएको छ र त्यसका नेताहरु केन्द्रबाटै खटिएर देशका विभिन्न भागमा पुगेका छन् । पछिल्लो समय काठमाडौंको निर्वाचन क्षेत्र नं. ६ लाई आफ्नो राजनीतिक आधारक्षेत्र बनाएका युवा नेता योगेश भट्टराई क्षेत्र नं. ४ का लागि अभियान नेताका रुपमा खटिएका छन् । त्यो क्षेत्र पहिला विद्
या भण्डारीको र अहिले निर्मल कुइँकेलहरुले आधारक्षेत्रका रुपमा विकास गर्दै रहेको क्षेत्रका रुपमा चिनिन्छ । योगेश त्यहाँ पार्टी जिम्मेवारीमात्र निर्वाह गरिरहेका छन्, तर एमालेबृत्तमा त्रास छ कि, योगेशले अब ६ छाडेर ४ तोकेको । तर, उनी यस्तो खतरा आफ्ना कारणले नभएको र त्यहाँका नेताहरु आ–आफ्नो तयारीमा लाग्दा हुने बताउँछन् । यसबीच एमाले परित्याग गर्ने र प्रवेश गर्ने लहर पनि चलेको छ । पार्टी पुरानो स्थिति नरहेको चर्चा छ, दृष्यमा पनि कतिपय घटना प्रकट हुन थालेका छन् । तर, योगेश चर्चा वा दृष्य मात्र काफी नभएको तर्क राख्छन् ।
विश्वमणि जनआस्था साप्ताहिकबाट साभार
० एमाले पातलिँदैछ । दृष्यमा पनि त्यो देखिन्छ । अहिलेसम्म कति प्रतिशत क्षति भएको छ ?
– कन्द्रका केही मानिसले पार्टी
छाडेको हिसाबमा यसको प्रभाव केही न केही त परिहाल्छ । तर, तल्लो तहमा हिजोभन्दा आज बढी एमालेमा फर्किने क्रम चलेको छ । पार्टीले चलाएको एक महिने अभियानका क्रममा देशभरि पार्टी फर्किने एककिसिमको लहर नै चलेको छ । त्यसैले आधारभूत तहमा पार्टी त्यतिसाह्रो पातलिएको छैन । माथिल्लो तहमा नेतृत्वले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न नसकेको कारण नेतृत्व तहका केही साथीहरु जानुभएको छ । माथिल्लो नेतृत्वमा टिम स्प्रिड राम्रो नभएको कारण कतिपय विषयमा नेतृत्व अल्मलियो र त्यसको प्रभाव पनि परेको हो ।
० यत्तिमात्रै कारण त होइन होला ?
– नेपालको वाम आन्दोलन दुई ठूला वामशक्ति एकैसाथ काम गरिरहँदा एउटाले अर्काको शक्तिमा हस्तक्षेप गर्नु सामान्य कुरा हो । अहिले भइरहेको त्यही हो । एमाले र एमाओवादी दुई ठूला वामशक्ति हुन् । उनीहरुको जनाधार, भोटबैंक, काम गर्ने शैली, कतिपय सैद्धान्तिक मान्यताहरु समान हुन्छन् । त्यस्तो हुँदा एकअर्काको पंक्तिलाई तान्ने होड पनि अहि
ले चलिरहेको छ ।
० ‘हात्ती जाने, मुसा छिराउने’ जस्तो एमालेबाट ठूला नेता गइरहने, एमालेले चाहिँ सानातिना कार्यकर्ता फर्काउनेजस्तो भएन र ?
– तलबाट फर्किने ठूलो जमातले नै निर्णयक भूमिका खेल्ने हो । हो, माथिबाट ठूला नेता जाँदा देशव्यापी रुपमा त्यसको नकारात्मक सन्देश जान्छ । तर, मतदाताको लेभलबाट आउनेहरुको भूमिका पनि कम हुँदैन । हिजो माओवादीलाई भोट हालेर प्रथम पार्टी बनाउने तिनै तल्लो तहका जनता हुन् । उनीहरु आज फर्किंदैछन् र एमालेलाई भोट हाल्ने प्रतिबद्दता व्यक्त गर्दैछन् । यो रुपान्तरणको प्रक्रिया पनि हो । नेताहरु आफ्नो स्थान र सुरक्षा खोज्छन् । त्यस्तो खोजी गर्नेहरु माओवादीमा अश्रय लिन पुगेका छन् । हेर्दै जानुस्, आउँदो संविधानसभाको निर्वाचन अगावै माओवादीबाट केन्द्रीय स्तरका ठूला–ठूला नेता एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । चुनावमा पुग्दानपुग्दै त्यस्तो हुनेवाला
छ ।
० पार्टी छाड्नेहरुका कुरा पनि नाजायज त हैनन् नि !
– पार्टीभित्र काम दिइएन, कामको मूल्यांकन गरिएन भनेर धेरैजसोले छाड्नुभएको छ । यसबाहेक कुनै वैचारिक विमति राखेर उहाँहरुले पार्टी छाड्नुभएको होइन । विचारको आधारमा चित्त नबुझाएर छाड्ने भनेको अशोक राईहरुको पंक्ति हो । उहाँहरुले एमाले छाडेर नयाँ पार्टीमा बनाएको विचार पहिला एमालेमा छँदा लिनुभएको अडान भन्दा फरक छ । उ
हाँहरुले पहिला एकल जातीय पहिचानको कुरामा अडान राखेर पार्टी छोड्नुभयो । जातीय अग्राधिकारको कुरामा एमाले लचिलो भएन भन्ने उहाँहरको ठम्याई थियो । तर, उहाँहरुले बनाएको पार्टीको घोषणापत्रमा पनि एकल जातीय पहिचानको कुरालाई मान्नुभएको छैन, जातीय अग्राधिकार र आत्मनिर्णयको अधकिारको कुरालाई पनि राख्नुभएको छैन । कुन सिद्धान्तको जगमा नयाँ पार्टी बनाउँदै हुनुहुन्छ ? यसमा उहाँहरु गम्भीर अलमलमा हुनुहुन्छ । केन्द्रीय तहमा बसेका मानिसहरुले आफ्नो स्थान भएन, सम्मान भएन भन्ने हो भने अहिले पार्टी छाडेका अधिकांश नेताले एमालेबाट सबैभन्दा बढी अवसर पाउनुभएको हो । चाहे रामचन्द्र झाको कुरा गर्नुस्, चाहे उर्मिला अर्यालकै । यतिसम्मकी ‘अवसर’ भन्ने चिज उहाँहरुका लागि मात्र हो ? भनेर पटक–पटक पार्टीमा कुरा पनि उठ्थ्यो ।
० मतलब, उता झन् ठूलो चिज पाइन्छ भनेर छाडेका हुन् त ?
– कम्युनिष्ट आन्दोलनमा अहिले कुन पार्टी ठूलो हुन्छ भन्ने कुराको अनुमान गर्न सकिरहेका छैनन् । ‘एमाले कि एमाओवादी ?’ भन्ने बहस र प्रतिस्पर्धा तीव्र भएको छ । त्यसले गर्दा कतिपय साथीहरुलाई अस्थिर बनाएको छ । कतिपय प्रचारवाजीमा एमाओवादी नै ठूलो पार्टी बन्ने हो कि भन्ने लागिरहेको हुनसक्छ । तलको जनमत त्यस्तो छैन । माओवादीको जनमत दिनप्रतिदिन खस्कँदो छ । मधेश, पहाड, पूर्व–पश्चिम– कतै पनि ऊ पुरानो स्थितिमा छँदै छैन । पार्टीकै कुरा गर्नुहुन्छ भने शीरदेखि पैतालासम्म टुक्रिए
को छ । त्यस्तो पार्टीले चुनावमा बहुमत ल्याउने भन्नु हावादारी कुरा हुन्छ । फेरि माओवादीसँग अहिले बिकाऊका कुरा केही पनि छैन । हिजो उसले बढी नै लेपन लगाएका क्रान्तिकारी नारा बोकेको थियो । जनताको तल्लो वर्गमा त्यो नाराको प्रभाव प¥यो । त्यस्तो प्रभाव मध्यमवर्गमा, जो अवसरवादी थिए, तिनमा पनि परेकै हो । प्रकारान्तरले आज माओवादीका एजेन्डा भनेको ‘ढाँटको निम्तो खाइपत्याउनु’ भनेजस्तो मात्रै हो भन्ने पुष्टि भयो । दुईपटक उनका नेता प्रधानमन्त्री र अर्थमन्त्री भए । त्यस्तो मौकामा उनीहरुले तल्लो वर्गको हितमा केही पनि कार्यक्रममा ल्याएनन्, बरु ठूला–ठूला आयोजनामा कमिशन खानका लागि एकापसमा मारकाटमै ओर्लिन पछि परेनन् । पोखराकै विमानस्थलकै कुरा होस्, अहिले त्रिशुली ३ ए कै कुरा गर्नुस्, कमिशनका लागि मात्र उहाँहरु पोख्त हुनुभयो । हिजो कांग्रेसले बढीमा करोडको भ्रष्टाचार ग¥यो होला, हामीले उसलाई भ्रष्टाचारी भन्यौं । आज एकीकृत माओवादीले अर्बौं–अर्बको भ्रष्टाचार गर्दैछ । बागमति किनारमा बस्ने सुकुम्बा
सीले पनि यो कुरा बुझेका छन् कि, हिजो उनीहरुका लागि मर्न–मार्न तयार भएर हिँडेकाहरु आज उनीहरुलाई नै उठिबास लगाउन कसरी तात्तिए ?
० एमाले नेतृत्व पनि अनेकन कमजोरीमा फसेको त हो नि ?
– हाम्रो पार्टीमा नेतृत्वको एउटा पंक्ति समान हैसियतको छ । उमेर, योग्यता, क्षमता, राजनीतिक जीवनको हिसाबले पनि पाँच–सात जनाको हैसियत समान छ । उनीहरु मध्ये एउटाले अर्कोलाई नेता मान्न तयार छैनन् । पार्टी सबभन्दा बढी संस्थागत हुनुपर्छ, सामूहिक निर्णयबाट पार्टी चल्नुपर्छ । कुनै नेताको विशेष क्षमताले अरु नेतालाई बाध्ने अवस्था एमालेमा अब रहेन । भोलि अर्को कोही पार्टी अध्यक्ष भएर आए पनि उसका लागि समस्या यही नै हो । अब हामीले एमालेलाई बढीभन्दा बढी संस्थागत प्रक्रियाबाट चलाउनुको विकल्प छैन । आठौं महाधिवेशनदेखि आजसम्म हामीले पार्टीभित्र अनुत्पादक ढंगले, अनुत्पादक विषयमा मात्र बहस ग¥यौं । त्यसले कुनै सकारात्मक परिणाम दिएन । त्यसैले अब पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्छ ।
० कस्तो हो त्यो पुनर्गठन ?
– नेतृत्वको चार–पाँच जनाको जुन समूह छ, यो वा त्यो ढंगले हरेक निर्णयमा त्यही समूह निर्णायक हुँदै आएको छ । त्यो समूहले अब स्वविवेकका साथ अवकास लिनुपर्छ । उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा महŒवपूर्ण भूमिका निभाउनुभएको छ । त्यो भूमिका उल्लेखनीय–प्रशंसनीय छ । ०६२÷६३ को आन्दोलनसम्म पनि उहाँहरुको नेतृत्व ठीक थियो । तर, आन्दोलनपछि जुन पार्टी पुनर्गठनको बेला आयो, त्यसमा उहाँहरु असफल हुनुभयो । अब असफलताको कालो टीका लगाएर जानुभन्दा स्वविवेकले पार्टीबाट अबकाश लिनु, पार्टीभित्र राम्रो सल्लाहकारको भूमिका खेल्नु नै उहाँहरुका लागि श्रेयस्कर हुन्छ । त्यसैले अब सकिन्छ भने, सर्वसम्मतमा ने
तृत्व चयन गरौं । सकिँदैन भने नयाँ पुस्ताका बीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन्छ । एकीकृत माओवादीका नेताहरु पनि हाम्रो दोस्रो र तेस्रो जेनेरेशनका नेताहरुसँग लोभ्भिएका छन् । एमालेको यो बीचको जेनेरेशन लोभलाग्दो, आशलाग्दो छ भनेर उनीहरुले हामीसँग पटक पटक भनेका छन् । त्यो जेनेरेशनले नै अबको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नसक्छ भन्नेमा उनीहरु पनि विश्वस्त छन् ।
० बढ्दो विचलनको कारण पनि यही हो त ?
– नेतृत्वले पार्टीलाई एक ठा
उँमा उभ्याएर गतिशीलता ल्याउन सकेन । आजका एजेन्डाहरुमा हस्तक्षेपकारी भूमिका खेल्न नसकेको पनि सत्य हो । केन्द्रीय कमिटीको बैठकमा हामीले यी कुरा गम्भीरताका साथ उठाएका छौं ।
० बूढाहरुको दोष देखाएर पार्टी हत्याउने खेल पो हो कि यो ?
– पछिल्ला केही निर्णयहरु नै हेरौं न, केही निश्चित नेताहरुको हठका कारण स्प्रिडभन्दा बाहिर गएर भएका छन् । खिलराज रेग्मी नेतृत्वको सरकार बनाउने विषयमा प्रमुख नेताबीचमा कुनै विमति थिएन । तर, केन्द्रीय कमिटी भारी बहुमतका साथ त्यसको विपक्षमा उभियो । लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने विषयमा मुख्य नेताहरु कोही प
नि असहमत थिएनन् । तर, सिंगो केन्द्रीय कमिटी त्यसको विपक्षमा रह्यो । बाबुराम सरकारमा एमाले पनि सामेल हुनुपर्छ भन्नेमा मुख्य नेताहरु विपक्षमा थिएनन्, तर हामी बहुमत केन्द्रीय सदस्य त्यसको विपक्षमा रह्यौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रतिगमन आधा सच्चियो भनेर यिनै मुख्य नेताले भने, तर हामी त्यसको विपक्षमा थियौं । गलत निर्णयका निम्ति नेताहरु एक ठाउँमा आए, तर सही निर्णयका निम्ति कहिल्यै त्यसरी आएनन् । पार्टीलाई वैचारिक–राजनीतिक ढंगले एकताबद्ध बनाएर लैजाऔं भनेर नेताहरु अगाडि आएनन् । खालि बेतुकका र अनावश्यक निर्णयमा एक ठाउँमा आउनाले पनि के देखाउँछ भने अबको हाम्रो पार्टीको नेतृत्व पंक्ति सही, गतिशील, उर्जावान नेतृत्व दिन सक्षम छैन ।
० तपाईंहरु (युवा एमाले नेता
) को पंक्ति पनि अहिले आउँदो नवौं महाधिवेशनमा झलनाथ र ओली मिलाएर जाने कि माधव–ओली मिलाएर जाने भन्ने खेलमा लागिसकेको छ । नयाँ पुस्तामा नेतृत्व ल्याउने कुरा त अझै आएन नि !
– हामीले पार्टीको केन्द्रीय समीकरणको खेलमा समय बर्बाद पार्नु बेकार हो । जब हामी नेताहरुलाई यो वा त्यो ढंगल मिल भन्छौं, त्यतिबेला हामीले आफ्नो भूमिकालाई कमजोर बनाइरहेका हुन्छौं । त्यसैले विचार–सिद्धान्त र क्रियाशीलताका आधारमा मिल्ने हो । अहिले एमालेमा झगडा गर्नुपर्ने कुनै नीतिगत–सैद्धान्तिक कुरा छैनन् । आठौं महाधिवेशन
मा हामीले गरेको अभ्यासको केही सकारात्मक÷केही नकारात्मक पक्ष छन् । नवौं महाधिवेशनमा जाँदाको मुख्य चासो भनेको के हो भने, मुख्य नेतृत्वमा चुनावका माध्यमबाट खुल्लमखुल्ला प्रतिस्पर्धा गरेर हामीले त्यसलाई पचाउन नसक्ने रहेछौं । त्यसरी पचाउन नसकेर थुप्रै विकृति पनि आए । त्यसैले अब नवौं महाधिवेशनमा जाँदा अध्यक्षका निम्ति दाबा गर्ने नेतामध्ये कुनै एउटा नेतालाई सर्वसम्मत अध्यक्ष बनाउन सक्नुपर्छ । महाधिवेशन हुनुभन्दा तीन÷चार महिनाअघि नै ‘अबको पार्टीको अध्यक्ष फलानो हो है’ भन्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । यसबाट नेतृत्वका निम्ति हुने गुटबन्दी र तानातान कम हुन्छ । हामीले यो र त्यो जोडेर, यस्तो÷त्यस्तो समीकरण बनाउने भन्ने होइन, मुख्य नेताका बीच सहमति गराएर सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा जाने काम गर्नुपर्छ । कमसेकम अध्यक्षमा मात्रै भए पनि त्यसो गर्नुपर्छ ।
० भदौ–असोजतिरै महाधि
वेशन गर्नुपर्ने कुरा पनि उठेको छ नि !
– यसरी हतारिनुको कुनै अर्थ छैन । हामी आउने महाधिवेशनका निम्ति सम्पूर्ण रुपमा तयार भइसकेका छैनौं । हो, पार्टी राम्रोसँग चल्न सकेको छैन । त्यसैले महाधिवेशनबाट हामी रिफ्रेस भएर मैदानमा जान पनि जरुरी छ । तर, फेरि पुरानै शैलीमा गुट–गुटका साथ महाधिवेशनमा जानुभन्दा महाधिवेशन तत्काल नहुनु नै राम्रो हो । किनभने, त्यस्तो महाधिवेशनबाट पार्टी जीवनको बृहत्तर हितका पक्षमा हामीले सोचेको परिणाम आउँदैन । जो अध्यक्ष हुन्छ, उसले महाधिवेशनको हलमा कसैको पक्ष र विपक्षमा भोट नमागोस्, ता कि ऊ भोलिका दिनमा पनि पार्टीमा सम्मानित, सर्वमान्य अध्यक्ष हुन सकोस् । महाधिवेशनको उद्घाटनसत्रमै ‘अबको अध्यक्ष’ भनेर घोषणा हुनुपर्छ र अध्यक्ष हुने मान्छे आराम गरेर बसे हुन्छ, बाँकी काम हलले गर्ने हो ।
० अहिलेको जमानाको लोकतन्त्रमा त्यस्तो सम्भावना हुन्छ र ?
– हुन्छ मात्रै हैन, हाम गरेरै देखाउँछौं । उपाध्यक्ष, महासचिव, सचिवहरुमा मतदान गरौंला, तर अध्यक्ष त्यसरी नै हुन्छ÷हुनुपर्छ । व्ययक्तिक चुनावले एमालेलाई केही फरक नपार्दोरहेछ, जब सा
मूहिक चुनाव हुन्छ, प्यानल–प्यानलबीच प्रतिस्पर्धा हुन्छ, तब हाम्रो पार्टी खत्तम हुँदोरहेछ । विगतको अभ्यासले त्यही बतायो ।
० नेतृत्वको माथिल्लो विसंगतिको प्रतिबिम्बन तल मैदानमा कत्तिको पाइएको छ ?
– यसमा विवाद छैन कि, एमाले आजसम्म टिकेकै कार्यकर्ता पंक्तिबाट हो । आधारभूत कार्यकर्ताको त्यो पंक्ति आज पनि विचलित भएको छैन । हामी आज गाउँमात्र हैन, टोल–टोलमा पुगेका छौं । हामीलाई यो एक महिने अभियानबाट ती आधारभूत तहका कार्यकर्ता के चाहन्छन् भन्ने कुरा बुझ्नमा निकै फाइदा भयो । उनीहरु नेतृत्वप्रति एकदम चिन्तित छन् । उनीहरु एमाले छाडेर कहाँ जाने भन्नेमा अलिकति पनि चिन्तित छैनन् । बरु, माथिल्लो तहका नेताहरु हरेक दिन सोध्छन्, ‘यो पार्टी छाडेर कुन पार्टीमा जाने हो
ला ?’ आज एमाओवादीमा गएकाहरु भोलि सर्लक्कै एमाले आउँछन् । किनभने, एमाओवादी सिद्धान्तबाट च्युत भइसकेको पार्टी हो । हिजो उसले सशस्त्र संघर्षबाट सत्ता प्राप्तिको सपना बाँड्यो । त्यो त्याग्यो । हतियार नबोकेको र सेना नभएको पार्टी हुँदैनथ्यो भन्थ्यो । अहिले सेना र हतियार दुबै बुझाइसक्यो । माओवाद भनेको छ । माओले जसरी गाउँबाट शहर घेर्ने नीति लिनुभएको हो, ऊ त्यसबाट हटिसक्यो । शहरका दलाल–पुँजिपतिलाई घेर्ने र त्यहीँबाट राशनपानी चलाउनेमा उनीहरु पुगिसके । गाउँमा माओवादी छैनन् । आज ऊ बहुदलीय प्रतिस्पर्धाको सिद्धान्तमा आइसक्यो । हामीले जनताको बहुदलीय जनवादमा उहिल्यै उतारिसकेको कु
रालाई उनीहरु अनुशरण गर्दैछन् । मात्रै के हो भने, प्रचण्डमा एउटा डाइनाइजम (गतिशीलता) देखिन्छ, त्यसले अरुलाई डोमिनेट (ओझेल) पारेको मात्रै हो । विचार–सिद्धान्तमा प्रचण्डले हामीलाई जितेका हैनन् । बरु, उनी हार्दै–हार्दै यहाँसम्म आइपुगेका छन् ।
० यसबीचमा पार्टीको जिम्मवारी फेरियो । तपाईं युवा इञ्चार्जबाट स्वास्थ्यमा पुग्नुभयो । यो तपाईंको योग्यताअनुसारको जिम्मेवारी हो त ?
– हाम्रो पार्टीमा एउटा समूह छ
, त्यो समूह आफूलाई पार्टीको सम्पूर्ण हर्ताकर्ता ठान्दछ । मान्छेलाई खटपटन गर्ने सबै अधिकार आफ्नो हो भन्ने कुरा त्यो समूहले ठान्दछ । माथि बसेको त्यो सानो टुकडीले पर्दापछाडि बसेर यस्तै–यस्तै काम गर्ने गर्दछ । त्यसलाई कहिले, कोसँग, के रिस उठेर के–केृ बितण्डा मच्चाउँछ, त्यसको टुंगो छैन । मलाई कुनै आपत्ति छैन । एक महिने अभियानको क्रममा पनि मैले कर्णाली पठाइयोस् भनेर माग गरेको थिएँ । हिजो युवासंघ जटिल मोडमा थियो । त्यहाँ काम गर्नु जोखिमपूर्ण कुरा थियो
। मैले महाधिवेशन सम्पन्न गराएँ । हो, हारजितमा गुटको प्रभाव प¥यो । त्यो सब नेताहरुले गराएका हुन् ।
० युवा संघ गैरराजनीतिक व्यक्तिको भिड बन्न पुग्यो नि !
– चुनावको कारणले त्यस्तो हुन पुग्यो । हामीले सर्वसम्मत गराउन खोजेका थियौं । तर, पार्टीका नेताकै कारण त्यो सम्भव भएन । जित्ने आकांक्षा बोकेर चुनावमा गएपछि कतिपय सीमाहरु नाघिन्छन् । कतिपय मर्यादाहरु कुल्चिइन्छन् । त्यस्तोमा कतिपय सही, इमान्दार मान्छे पाखा लागे ।
० खिलराज सरकारले चुनाव गराउला त ?
– मंसिरको पहिलो हप्तामा चुनाव हुनुपर्छ । ७ गतेको समयसीमा उहाँलाई तोकिएको छ । यदि त्यो मितिसम्म उहाँले चुनाव गराउन सक्नुभएन भने उहाँले मंसिरसम्म पनि पर्खिनुपर्दैन, दशैंसम्ममा राजीनामा दिए हुन्
छ । त्यसपछि कसरी चुनाव गराउने ? त्यो काम दलीय सरकारले गर्छ ।