बुनपा १३ चुनिखेलमा प्रमुख ध्वाखा (प्रवेस द्वार ) उद्घाटन
कपन अनलाइन
काठमाडौ,कार्तिक ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पुरानो ऐतिहासिक टुसाल गाउँ चुनिखेलमा एक कार्यक्रम विच प्रवेस द्वार उद्घाटन भएको छ। नेकपा एमालेका केन्द्रिय सदस्य एबम प्रतिनिधि सभाका लागि उमेद्वार डा. राजन भट्टराईले सो द्वार उद्घाटन गरेका थिए।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख ध्वाखा (गेट) ले चुनिखेलको इतिहासको संरक्षण, प्रवद्धन र नेपालीत्व झल्कने पहिचानको निम्ति प्रतिनिधित्व गर्ने स्थानियहरुले बताएका छन ।यो द्वार निर्माण कार्य गत माघबाट निर्माण काम सुरु गरि असार मसान्तमा सम्पन्न भएको हो ।
बुनपा १३ चुनिखेलको ऐतिहासिक टुसाल गाउँ गेट निर्माणमा निवर्तमान सांसद डा. राजन भट्टराईले सांसद कोषबाट एक लाख पचास हजार, नगरपालिकाबाट दुई लाख, स्थानियहरुको सहयोगबाट टिकेश नारायण श्रेष्ठ बाट १११००० ,अजय श्रेष्ठ बाट १११११ जि के ईन्टरप्राइजेजका प्रोपाइटर अनिल श्रेष्ठ बाट १११११ ,राजु श्रेष्ठ बाट १११११ मोतिलाल श्रेष्ठ ( राजु ) बाट १११११ ,श्री कृष्ण श्रेष्ठ बाट १११११ सिलाल श्रेष्ठ बाट १०००० र सञ्जय श्रेष्ठ बाट ५००० हजार सहयोग रकम उठेको थियो ।
ध्वाखाले ३०० वर्ष भन्दा पुरानो ५ फिट अग्लो मन्दिर टुसाल करुणा माई र नेवारी परम्परालाई अझ बढि सास्कृतिक रुपमा झल्काउने गेट निर्माणका सस्थापक बिशेष सल्लाहाकार तथा सम्योजक टिकेश नारायण श्रेष्ठले बताए ।
गेट को उदघाटन गर्दै सभासद ड राजन भट्टराईले गाउको समुन्नत्त बिकासमा साथ हर हमेशा रहने कुरा बताउनु भयो र बिशेष अतिथी बुनपा का मेयर उदब खरेल ज्यू ले बिकास मा जोड दिए भने बडा १३ का अध्यक्ष ज्यूले बिशेष रुपमा हेरेको र गर्यो भने सबै कुरा हुन्छ भन्दै बधाई तथा धन्यवाद दिएका थिए।
तपाइँको प्रतिक्रिया ।