‘शासन र विकास’ नामक पुस्तक प्रकाशित
कपन अनलाइन
नवलपरासी, २९असोज । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले ‘शासन र विकास’ नामक पुस्तक बजारमा ल्याएका छन । लोकसेवा आयोगद्वारा लिइने सहसचिवस्तरको परीक्षालाई लक्षित गरी रानामगरले शासन र विकास नामक पुस्तकको पहिलो संस्करण पैरवी प्रकाशनमार्फत बजारमा ल्याएका हुन्।
सो पुस्तकमा सहसचिवस्तरको परीक्षालाई मात्र नभई अन्य सेवा र तहको प्रतिस्पर्धात्मक परीक्षाका लागिसमेत उपयोगी हुने विषयवस्तुहरु समावेश छ । पुस्तकमा शासन व्यवस्था, संवैधानिक अधिकार र यसको प्रयोग, प्रशासन र व्यवस्थापन, सार्वजनिक नीति निर्माण, प्रक्रिया तथा सवालहरु र विकासका समसामयिक विषयहरु समेटिएको ३३ मूल शीर्षकअन्तर्गतका ५० भन्दा बढी लेख समावेश छन् ।
यसमा परीक्षामा सफलता पाउन अपनाउनु गर्नुपर्ने तयारीका केही टिप्ससमेत समावेश गरिएको छ। लोकसेवा आयोगले गत वर्ष मात्र पाठ्यक्रम परिमार्जन गरेको हुँदा उक्त नयाँ पाठ्यक्रमलाई आधार मानेर परीक्षा सहयोगी पुस्तक प्रकाशित नभइरहेको सन्दर्भमा परीक्षार्थीका लागि यो पुस्तक सहयोगी हुने देखिन्छ ।
रानाले यसअगावै यसभन्दा पहिले लोकसेवा आयोगद्वारा लिइने उपसचिव तथा सहसचिवस्तरको परीक्षालाई नै लक्षित गरी ‘सार्वजनिक व्यवस्थापन’ नामक पुस्तक पहिलो र दोस्रो अंक प्रकाशन गरिसकेका छन ।