सावित्रा भुसाल जसले प्रकाशमान सिंहलाई चुनावी मैदानमा चुनौती दिदै छिन

सावित्रा भुसाल जसले प्रकाशमान सिंहलाई चुनावी मैदानमा चुनौती दिदै छिन

कपन अनलाइन 

काठमाडौ,असोज २५।

काठमाडौं जिल्ला क्षेत्र नं १ मा नेकपा एमालेले केन्द्रिय कमिटि सदस्य एबम पुर्व सभासद बौद्धिक महिला नेत्री सावित्रा भुसाललाई प्रतिनिधि सभा क्षेत्रमा सर्व सम्मत सिफारिस गरेको छ ।भुसालले अव नेपाली कांग्रेसका पुर्व महामन्त्रि प्रकाश मान सिंह र विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र संग प्रतिस्पर्धा गर्ने छिन।

नेकपा एमाले काठमाडौं जिल्ला इन्चार्ज रहेकी भुसालले स्थानीय तहको निर्वाचनमा एमालेलाई काठमाडौं सानदार रुपमा जिताउन खेलेको महत्वपूर्ण भूमिकाका कारण उनलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको क्षेत्र नं १ का एक क्षेत्रीय सदस्यले बताए ।

२०१८ शालमा जन्मिएकी भुसाल नेकपा एमाले भित्र बौद्धिक ,अध्ययनशील र निरन्तर क्रियाशील महिला नेत्रीको रुपमा चर्चित छन ।पद्मकन्या कयाम्पस बाट स्नातकोत्तर गरेकी उनले  पार्टी स्कुलमा अध्ययन पनि गरेकी छन । विश्व विध्यालयमा राम्रो नतिजा प्राप्त गरे वापत उनले विभिन्न पुरस्कार समेत जितेकी थिइन्।

२०३० शालमा किसानआन्दोलनमा सहभागिता जनाउदै २०३६ शालको विद्यार्थी आन्दोलनमा सक्रिय रही २०३७ शाल बाट औपचारिक राजनीतिक यात्रा सुरु गरेकी भुसालले २०३८ शाल चैत्र देखि २०३९ श्रावण सम्म बन्दि जीवन बिताएकी थिइन् । जनमत संग्रहको वेलामा भुसालले नारायण गढको क्याम्पस चौर ,गोरखाको ठाटि पोखरी ,गोरखाकै पोखरा थोकमा सम्बोधन गरेकी थिइन् ।

२०४० शाल देखि २०४५ शाल सम्म भुसाल अर्ध भूमिगत रुपमा राजनीतिमा सक्रिय रहेकी थिइन् । जनमत संग्रहको वेलामा भुसालले नारायण गढको क्याम्पस चौर ,गोरखाको ठाटि पोखरी ,गोरखाकै पोखरा थोकमा सम्बोधन गरेकी थिइन् ।

२०५४ देखि २०५८ सम्म नेकपा मालेको जिल्ला कमिटि सदस्य रहेकी भुसाल २०५४ देखि २०५७ सम्म अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटि सदस्य ,२०५८ शाल देखि केन्द्रिय सदस्य र विदेस विभाग प्रमुख रहेकी थिइन् ।

२०६४ शालमा सभासद रहेकी भुसालले राज्य व्यवस्था समिति सदस्य तथा नागरिक सम्वन्ध समिति सदस्यको जिम्मेवारी पनि बहन गरेकी थिइन् ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।