कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतमा इन्द्र गौतम
कपन अनलाइन
काठमाडौ,असोज २५ ।
कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा इन्द्र गौतम आएका छन । माता स्व.शिवमाया गौतम र पिता लोक नाथ गौतमका तिन सन्तान मध्ये कान्छा छोरा हुन् उनका एक दाजु र एक बहिनी रहेका छन ।
२०३६ साल कत्तिक १९ गते काभ्रे पलान्चोक जिल्लाको मादन कुडारि गाबिसमा जन्मिएका गौतमले प्रारम्भिक शिक्षा बारा जिल्ला निजगढ गाबिसमा रहेको श्री सार्बजनिक बिद्यालय बाट सुरु गरेका थिए। उनले २०५२ सालमा काठमाडौँको रत्न शिक्षा मन्दिर बाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका उनले प्रमाणपत्र तहदेखि स्नातकोत्तर सम्म नेपाल कमर्स क्याम्पस मिन भवनबाट गरेका थिए ।
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं ३ मा बसोबास गर्ने इन्द्र गौतमले २०६२ सालमा बिवाह बन्धनमा बाधिएका थिए। उनको सन्तानको रुपमा १ छोरी रहेकी छिन ।
उनले कार्य अन्तर्गत भारत, चीन, श्रीलंका, सिंगापुर,मलेसिया, थाइल्याण्ड दक्षिण कोरिया , लगायतका देशको भ्रमण गरि अनुभब संगालिसकेका छन।
उनले २०६० सालमा लेखा अधिकृतको रुपमा सरकारी सेवा सुरु गरेका थिए । महोत्तरी जिल्लामा कोष लेखा नियन्त्रण कार्यलयमा कोष नियन्त्रकको रुपमा कार्यभार सम्हालेका थिए । १ वर्ष जति धनुषाको जिल्ला बिकास समितिमा काम गरेका उनले साढे दुइ वर्ष नुवाकोट जिल्ला बिकास समितिमा कार्य गरेका थिए ।२०६९ सालमा खुल्ला प्रतिस्पर्धा बाटप्र शासन तर्फ उपसचिवमा नाम निकालेका उनले २ वर्ष बाताबरण विभागमा निर्देशकको रुपमा गरेका थिए ।
२०७१ सालमा १ वर्ष गोदावरी नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा काम गर्नुका साथै जाजरकोटमा डेढ वर्ष स्थानीय बिकास अधिकारीको रुपमा काम गरि अनुभब संगालिसकेका छन । उनले ८ महिना संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमामा काम गरेका थिए ।उनले २०७४ असोज २२ गते बाट कागेश्वरी मनोहारा नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा पदभार सम्हालेका छन ।
कागेश्वरी मनोहरा नगरपालिकाको विकासमा तपाइको योजना के छ भन्ने कपन अनलाइनको प्रश्नमा उनले सेवा प्रवाहमा पारदर्शिता ,चालु आ व को योजनाहरु समयमा नै सम्पन्न गर्न विशेष पहल गर्ने रहेको बताए ।
त्यस्तै समार्ट सिटिमा परेको हुनाले गर्नुपर्ने कामको तयारी गर्नुका साथै करको श्रोत वृद्धि गरि २०७५ साल श्रावण देखि एकीकृत सम्पत्ति कर लागु गर्ने योजना उनको रहेको छ ।साथै नगर बिकासको गुरुयोजना तयार पारि सोहि अनुरुप जनप्रतिनिधि संग समन्वय गरि जनहित र सरल सेवा प्रदान गर्न सक्रीयता पुर्वक लाग्ने उनले प्रतिबद्दता पनि व्यक्त गरेका छन ।
नगरपालिकाको सुशासन कायम गर्ने तथा भौतिक पूर्वाधार देखि प्रभावकारी योजना कार्यन्वयनमा जोड दिदै सूचना प्रविधिको अधिकतम प्रयोग गरि नगरपालिकालाई नमुना बनाउन भूमिका खेल्ने उनले बताए ।
गौतम भन्दा अगाडी प्रसासकिय अधिकृत रहेकी मनिता श्रेष्ठको २०७४ /६/२२ गते बिदाइ गरिएको थियो श्रेष्ठले २०७३/१२/१२ गते देखि २०७४/६/२२ गते सम्म कागेश्वरी मनोहरा नगरपालिकामा सेवा गरेकी थिइन ।