ट्राफिक प्रहरी प्रभाग दरबारमार्गको नव निर्मित भवन उद्घाटन

काठमाडौ ,जेठ १९ गते
प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले ट्राफिक प्रहरी प्रभाग दरबारमार्गको नव निर्मित कार्यालय भवन आज आयोजित एक समारोहबीच उद्घाटन गर्नुभयोpoline
उक्त अवसरमा प्रहरी महानिरीक्षक रानाले उद्घाटित भवन निर्माणमा प्रत्यक्ष एवम् परोक्षरुपमा सक्रिय भूमिका निर्वाह गर्नुहुने महानगरीय प्रहरी आयुक्तको कार्यालय परिवार तथा विभिन्न सहयोगी संघ संस्थानहरु, दाता तथा समाजसेवीहरुको सदाशयताप्रति कृतज्ञता व्यक्त गनुहुदै सडक दुर्घटनाबाट हुने ठूलो जनधनको क्षतीको न्यूनिकरणका लागि सडकमा अहोरात्र खटिने ट्राफिक प्रहरीको लागि सहयोग र सहकार्य गर्न नागरिक समाज सदैव तत्पर रहेको विश्वास समेत व्यक्त गर्नुभयो ।
मुलुकमा शान्ति सुरक्षाको कुनै विकल्प नरहेको र बिना शान्ति सुरक्षा कुनै पनि क्षेत्रको सकारात्मक विकास नहुने भएकोले यसै वास्तविकतालाई ह्दयंगम गर्दै आफ्नो व्यावसायिक क्षेत्र बाहिर पनि सामाजिक दायित्व सम्झेर नेपाल प्रहरीका लागि गरिएका यस्ता उल्लेखनिय सहयोगले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजमा सुव्यवस्था कायम राख्ने कार्यमा संलग्न रहेको जनाउने बताउनुहुदै प्रहरी महानिरीक्षक रानाले यस्ता सामाजिक कार्यले भावी दिनहरुमा समेत अन्य संघ –संस्था तथा व्यक्तिका लागी सामाजिक दायित्वप्रति उत्प्रेरित गर्ने अनुकरणीय कार्यको रुपमा स्थापित हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक रानाले नेपाल प्रहरीको भौतिक संरचनाको स्थितिका बारेमा चर्चा गर्नुहुँदै भवन निर्माणका लागि निकाशा हुने बजेटको अनुपातमा अहिलेको आवश्यकता पुरा गर्न करीब १२५ बर्ष लाग्ने अवस्था रहेको तथा यस्तो यथार्थतालाई मनन गरी प्रहरी कार्यालयका लागि भवन निर्माण गर्ने तथा जग्गा उपलव्ध गराउन सकृय भूमिका निर्वाह गर्ने सर्वसाधारण, संघसंस्था, प्रहरी कार्यालय तथा कर्मचारीहरुलाई उच्च मुल्याङ्कन गरी पुरस्कृत गर्ने निती संगठनले लिएको बताउनुभयो । यद्यपी भौतिक संरचनाका अवस्था ज्यादै दुरुह रहँदा रहँदै पनि उच्च मनोबलकासाथ नागरिक सेवामा समर्पित रही बफादरीपूर्वक जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरीका तमाम सदस्यहरु कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र सडक अनुशासन कायम गर्न केही उद्देश्यमूलक एवं रचनात्मक कार्यक्रमहरुको थालनी गरे संगै काठमाडौ महानगरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने उपर कारवाहीको दायरामा ल्याउन दृढ संकल्पित भएर परिचालित भएकोले आम नागरिबाट प्रंशसनिय अपार समर्थन र सहयोग पाएको बताउनुहुदै अबोध नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस, अंगभंग भई प्रताडित भएर जिवन व्यतित गर्नु नपरोस भन्ने भावनालाई आत्मासात गरी सडक सुरक्षा र अनुशासन कायम राख्न जस्तोसुकै भूमिका निर्वाह गरी कर्तव्यनिष्ठ भई कार्य गर्न प्रहरी महानिरीक्षक रानाले ट्राफिक प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
उक्त अवसरमा महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले प्रहरी र नागरिकको सम्बन्धको उत्कृष्ट नमुनाको रुपमा ट्राफिक प्रहरीको भवन बनेको भन्नुहुँर्दै ट्राफिक प्रहरीहरुलाई उक्त नव निर्मित आधुनिक सुविधा सम्पन्न भवनबाट कार्य सम्पादन गर्न अझ सहज र उपयोगी हुने बताउनुभयो ।
काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको हुँदा पनि नागरिकसँग  सहकार्य गरी भवन ठड्याउने कार्य ज्यादै प्रशंसनिय रहेको र जनसहभागीताहरुबाट हुने यस्ता कामहरुलाई उत्प्रेरणाको रुपमा लिएर नागरिकसँग सहकार्य गरी उपलव्धीमूलक र अनुकरणीय कामहरु गर्न अन्य प्रहरी कार्यालयहरु पनि अग्रसर हुनु पर्ने समेत उहाँले बताउनुभयो ।
आफ्नो काम थाती राखेर पनि भवन निर्माण समितिले भवन निर्माणको कामलाई प्राथमिकतामा राखेर छोटो समयमा पनि भवन निर्माण गर्न सफल भएकोमा यस निर्माण कार्यमा आवद्ध सम्पूर्ण महानुभावहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अवसरमा महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख अतिरिक्त आयुक्त प्रहरी नायव महानिरीक्षकले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै भवन निर्माणबाट आफुलाई  खुशी एवं गौरव लागेको बताउनुहुँदै राजधानीको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण मोडमा रहेकोले भौतिक उपस्थितीमा ट्राफिक प्रहरीको कार्यसम्पादन दक्ष हुनु पर्ने र ट्राफिक व्यवस्थापान सहजताको लागि सम्बद्ध सवै पक्षहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतीले धन्यवाद ज्ञापन गर्नुहुँदै ट्राफिक प्रहरीले गरेको कार्यको चर्चा गर्नुहुँदै  स्थानिय जनताहरुको सहयोगले नै भवन निर्माण गर्न सकिएको बताउनुभयो ।
सडकमा बसेको ट्राफिक प्रहरीले गरेको व्यवहारबाट उसले गरेको काम झल्कने भएकोले ट्राफिक व्यवस्थापनमा चालक परिचालकहरुले ट्राफिक प्रहरीबाट सहयोग पाउने आशा समेत व्यक्त गर्नुभयो ।
उहाँले निश्वार्थ सेवाभावबाट नागरिक र प्रहरीको सहकार्यमा हुने यस्ता कार्यहरुबाट नागरिकको उच्च मुल्याङ्कन हुनेछ भन्नुहुँदे भवन निर्माण कार्यमा सहयोग पु¥याउनु हुने सम्पुर्ण महानुभावहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
महानगरिय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गको भवन निर्माण समितिका कोषाध्यक्ष संजय अधिकारीले भवन निर्माणको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विशिष्ट महानुभावहरुलाई ‘बचौ र बचाऔ’ ट्राफिक जनचेतनामूलक सि.डी.वितरण गर्नुभएको थियो भने  हिलटेक कम्पनीका तर्फबाट कमल जैनले ट्राफिक महाशाखाका प्रमुखलाई ट्राफिक डायरी हस्तातन्तरण गर्नुभएको थियो ।
कार्यक्रममा स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतीले महानगरिय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुलाई मोटरसाईकल १ थान हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक रानाले भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरु र प्रहरी कर्मचारीहरुलाई  प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, भवन निर्माणमा सहयोग पु¥याउनु हुने विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।