विदुर बेग की आवेग ?
कपन अनलाइन
काठमाडौ,साउन २२।
बुढानिलकण्ठ नगरपालिकाका एमाले नेताहरु मध्ये बिदुर विक्रम खडका सामाजिक संजालमा सकृय नेता हुन् । उनी हरेक दिन हरेक घण्टा सामाजिक संजाल फेसबुकमा सक्रिय भैरहेका हुन्छन । उनका प्राय पोस्टहरु स्थानीय र रास्ट्रिय राजनीतिमा बढी केन्द्रित रहेका छन ।
२०३७ शालमा गणेश मावीको स्वबियु सभापती निर्वाचित खड्का हाल नेकपा एमाले काठमाडौ जिल्ला कमिटि सदस्य रहेका छन ।खड्का स्थानीय तहको निर्वाचन भन्दा अगाडी बुढानिलकण्ठ नगरपालिकाको दलीय संयन्त्रमा एमालेको प्रतिनिधिको रुपमा आएपछि यस क्षेत्रमा उनको चर्चा र सक्रिय सहभागिता सुरु भएको हो ।
उनि संयन्त्रमा रहदा उनको कामको गति देखेर कपन अनलाइन डट कमले “विदुर बेग ” शीर्षकमा समाचार लेखेको थियो । उनले आफुलाई स्पस्ट बक्ता भन्न रुचाएता पनि उनका कतिपय सार्वजनिक संजालमा अभिव्यक्त भएका कुराहरुले उनको पार्टी र नगरपालिकामा चर्चा र बहस सिर्जना गर्ने गरेको छ।
पछिल्लो समयमा स्थानीय तहको निर्वाचन पछी उनका अभिव्यक्ति बेग हैन आवेग बनेर सामाजिक संजालमा पोखीइरहेको एक एमाले नेताले कपन अनलाइनलाई बताए ।आन्तरिक राजनीतिक हुन की नगरपालिकाको कार्यसम्पादन सम्बन्धी टिप्पणी हुन् ति सबैको वारेमा उनि निरन्तर सामाजिक संजालमा लेखिरहेका छन् ।पछिल्लो समयमा उनका स्टाटसहरुमा आवेग र आक्रमकता बढी देखिएको टिप्पणी बुढानिलकण्ठ नगरपालिकामा भैरहेको छ।
निरन्तर क्रियाशीलता र पार्टी प्रतिको उनको प्रतिवद्दता प्रसंशायोग्य भएता पनि सार्वजनिक अभिव्यक्ति दिने ठाउँ उचित नहुदा यसले उनको राजनीतिक जीवनमा असर गरेको एमालेका एक जिल्ला स्तरीय नेताले टिप्पणी गरे ।
उनले सामाजिक संजालमा ब्यक्त गरेका केहि अभिव्यक्तिहरु :
यो स्टाटस उनले कसप्रति लक्षित गरेर लेखेका हुन् भन्ने बहस अहिले एमाले वृतमा भैरहेको छ ।
उनको यो स्टाटस नवनिर्वाचित जनप्रतिनिधिहरु प्रति लक्षित रहेको एक एमाले नेताको अनुमान छ ।
माथिका स्टाटसहरु केहि उदाहरण मात्र हुन् खड्काले दैनिक यस्ता पोस्टहरु हाल्दै आएका छन । स्थानीय तहको निर्वाचनमा सुरुमा नगर प्रमुखको दावी गरेका खड्काले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएका थिए ।
अव को तयारी प्रदेश निर्वाचनमा हो कि ? भन्ने हाम्रो प्रश्नमा त्यो स्वाभाविक भएको उनले प्रतिक्रिया दिए । नेकपा एमालेमा क्षेत्र निर्धारण नहुदै प्रदेस निर्वाचनको आन्तरिक बहस सुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाको टिकट अन्तिम समयमा निर्णय भए जस्तै प्रदेसको पनि निर्णय पाउन अन्तिम समय सम्म पर्खनुको विकल्प छैन एक एमाले नेताले बताए ।
समकक्षी नेताहरुको बाहुल्यता भएको यो नगरपालिकामा प्रदेस निर्वाचनमा टिकटको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ।