काठमाडौं महानगरपालिका वडा नं. ३० योजना तथा कार्यक्रमहरु

काठमाडौं महानगरपालिका वडा नं. ३० योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १८।

काठमाडौं महानगरपालिका वडा नं. ३० भित्र रहेका मुख्य सडकहरुको स्तरउन्नतीमा विशेष पहल गर्ने र नगरपालिकाको मापदण्ड भित्र पर्ने सडकहरुलाई स्थानिय जनताको सहयोग र सल्लाहमा अनुसार वडाका जनताहरुलाई समस्या नपर्ने गरि विस्तार गर्ने आफ्नो मुख्य योजना रहेको वडा नं.३० का अध्यक्ष दलबहादुर कार्कीले बताए ।

मैतिदेवी  मन्दिर पछाडि रहेको सार्वजनिक जग्गा र गुर्जुचौरमा रहेको जग्गालाई संरक्षण गर्दै अन्य सार्वजनिक जग्गाहरुको अभिलेखीकरण गर्दै बाल उध्यान र विपद अवस्थामा आश्रय लिने स्थान बनाउने वडा नं. ३० को योजना छ ।

वडामा रहेको ज्ञानविकास आधारभूत विद्यालयको स्तरउन्नती गर्दै उचित स्थानमा भवन बनाई सार्ने योजना वडा नं.३० ले बनाएको छ ।

जेष्ठ नागरिक सुरक्षा भत्ता घरघरमा वितरण गर्न सुरु गरिएको र महिलाहरुलाई नारी सचेतना केन्द्र मार्फत सिपमुलक तालिमहरु दिई आय आर्जनमा लगाउन वडा नं. ३० ले पहल सुरु  गरेको छ ।

वडाभरी  रहेका सामाजिक संघ संस्था र क्लबहरुलाई व्यवस्थित गर्न महानगरपालिका संग बजेट माग गरिएको हुदा माग गरे अनुसारको बजेट प्राप्त भएमा खेलकुद लगाएत युवा स्वरोजगार सम्बन्धी  कार्यक्रमहरु चलाउने वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।

वडा भित्र रहेका घनावस्तीको बिचबाट ढल निर्माण गरिएको हुदा ठाउँ ठाउँमा पानीको स्रोतहरु सुकेको र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड संग समन्वयन गरी  खानेपानी वितरण सहज बनाउने वडा नं.३० ले योजना बनाएको छ । वडाको पायक पर्ने स्थानमा सुविधा सम्मपन्न वडा भवन निर्माण गरी  सेवा सुविधा प्रदान गर्ने योजना वडा नं. ३०ले बनाएको छ ।

वडा भित्र रहेका मठ मन्दिरहरुको संरक्षण गर्दै सरसफाइमा विशेष ध्यान दिर्ने र वडा भित्र मनाइने महत्वपूर्ण मैतिदेवि जात्रा, ज्ञानेश्वरमा रहेको पारसनाथ मन्दिरमा तीज, शीवरात्री, जनैपूणिमा लगाएत अन्य पर्व लाग्ने मेलालाई व्यवस्थित गराउदै यस वडामा रहेको प्राचिन ढुङ्गेधारा, कला र संस्कृतिलाई जर्गेना गर्ने आफ्नो अर्को योजना रहेको वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।

वडामा सुविधा लिन आउने सेवाग्राहीहरुलाई  सहज र सरल तरिकाले सुविधा दिन र सफा सुन्दर वडा बनाउने आफ्नो योजना रहेको वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।