झापामा सुपारी तस्करीः सेनाको जागिर छोडेर सुपारी तस्करीमा

कपन अनलाइनDSC_0671झापाको काँकडभिट्टा नाकाबाट सुपारी तस्करी भैरहेको विविध समाचार पछिल्ला केही वर्षदेखि आइरहेको छ । कपन अनलाइन झापा आएको बेला पारेर यस सम्बन्ध केही महत्वपूर्ण जानकारी लिने प्रयास गरेको छ । 
झापाका भारतको बोर्डर आसपासमा रहने बहुसंख्यक युवामात्र हैन महिलाहरु पनि सुपारी तस्करीमा लागेका छन् । एक केजी सुपारी नेपालबाट भारत पुर्यो भने रु.२५ रुपैंया प्राप्त गरिने भएकोले स्कूल पढ्ने विद्यार्थीदेखि गृहणीसम्म आकर्षित भएका हुन् । नेपाली सेनाको जागिर छाडेर सुपारी तस्करीमा लागेका मानिसहरु यहाँ भेटिन्छन् । आफ्ना विभिन्न पेशा छाडेर तस्करीमा लाग्नेहरुको ठूलो समूह रहेका स्थानीय विजय मगर बताउँछन् ।
नेपालमा भन्दा भारतमा सुपारीको माग बढि र भारतले नेपालबाट सुपारी आयातमा प्रतिबन्ध लगाएकोले चोरी तस्करी बढेको हो । काँकडभिट्टाजस्ता बोर्डरमा रहेका होटेलमा काम गर्ने कामदारहरुको पनि अभाव हुने गरेको छ । काँकडभिट्टामा रहेको होटेल दरबारका मालिक नविन प्रधान आफै होटेलका गेस्टहरुलाई सेवा गरिरहेका भेटिए । उनी कामदार नपाएर हैरान छन् । होटेलमा काम गरेर महिनाभरमा कमाउने पैसा सुपारी तस्करीमा ५ दिनमा नै प्राप्त गर्ने भएकोले कामदार लामो समय होटेलमा टिकाउन नसकेकोले होटेल व्यवसायमा काम गर्न अप्ठेरो परेको उनले बताए ।
खुल्ला बोर्डर भएकोले लुकिछिपि सुपारी तस्करी गर्न सजिलो भएको हो । नेपालको झापा र मोरङ जिल्ला सुपारी उत्पादक जिल्ला भनेर चिनिन्छ ।

तपाइँको प्रतिक्रिया ।