वुनपा वडा नं. १० ले सरसफाइकाे विशेष अभियानसहित वातावरण दिवस मनाउने
कपन अनलाइन, काठमाडाैँ । विश्व वातावरण दिवशकाे अवसरमा वुनपा वडा नं. १० ले सरसफाइकाे विशेष अभियान संचालन गर्ने भएकाे छ । वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराइका अनुसार अस्तव्यस्त सहरकाे रूपमा विकसित भएकाे वडा नं. १० लाइ वातावरण हिसाबले राम्र बनाउनु अाफ्नाे प्रमुख काम भएकाे बताए । वुनपाकै सबैभन्दा ठूलाे वडा भएकाले अाफ्नाे वडा धेरै जनसँख्यासहित वातावरणाकाे बिभिन्न समस्याबाट प्रभावित भएकाले विश्व वातावरणा दिवशकाे अवसरमा वडाका बिभिन्न ठाउँबाट वडा प्रतिनिधि, बिभिन्न संघसंस्था र जनसमान्यकाे विशेष सक्रियतामा सुरू हुन लागेकाे कार्यक्रम अन्ततः हरित सहरकाे अवधारणामा पुग्ने भट्टराइले बताए ।
कार्यक्रममा सहभागि हुन वडावासीलाई आव्हान गर्दै भट्टराइले अबकाे समयमा सबैभन्दा महत्वकाे वातवरणकाे नै हुने भएकाले जनसमान्य अाफू पनि विशेष सचेत हुने पर्ने बताए । वडा नं. १० मा जेठ २२ गते सोमबार विहान ७ वजेदेखि वृहद् सरसफाई कार्यक्रम तल उल्लेखित ५ स्थानबाट बिहान ७ बजेबाट शुरु हुनेछ ।
१) बालुवाखानी चाेक, मनकामना मन्दीर, ज्योतीनगर देखि ह्यान्डबल ग्राउन्ड ।
२) राममन्दीरदेखि अष्टभुजा मन्दीर हुँदै ह्यान्डबल ग्राउन्ड।
३) रुद्रमती चोक देखि निलोपुल पञ्चकुमारी, कटारी वस्ती हुँदै ह्यान्डबल ग्राउन्ड।
४) पुरानो निलो माईक्रोपार्क तरकारी बजार, मिलनचोक, सिद्धेश्वर डाँडा हुदै ह्यान्डबल ग्राउन्ड ।
५) साततले देखि मिलनचोक, बाल उद्धार हुँदै ह्याण्डबल ग्राउण्ड पुनश्चः यसको समापन ह्यान्डबल ग्राउन्ड ।