निर्वाचन आयोग भन्छ, मत बदर भयो नभन्नु, तुल ब्यानर हटाउनु

निर्वाचन आयोगले एकाध मत मात्र बदर भएको दावी गरेको छ । आयोगले आज विज्ञप्ती निकालेर २ प्रतिशतभन्दा बढी मत बदर नभएको दावी गरेको हो ।

आयोगले भनेको छ, हालसम्म मतपरिणाम घोषणा भई आयोगलाई विवरण प्राप्त भएका ११५ स्थानीय तहमा पूरै मतपत्र वदर भएको संख्या करिव २ प्रतिशत रहेको छ ।’

‘१६८ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी रहेकाले एकाध मतदान केन्द्रको बदर भएको मत प्रतिशतलाई आधार मानी मतपत्र वदर धेरै भएको पूर्व अनुमान गरी सूचना सम्प्रेषण नगर्न आयोग सम्पूर्ण सरोकारवालाहरुमा आग्रह गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

आयोगले धेरै मतपत्र बदर भएको भनी आमसञ्चार माध्यमबाट विभिन्न खालका समाचार र टिप्पणी सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

यसैीच निर्वाचन आयोगले प्रसार प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँगेका पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।