रविन अधिकारी मनोनयपत्र दर्ता गर्दै

कपन अनलाइन, काठमाडौँ ।  बैशाख ३१ गते हुने निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस र एमालेले अझै उम्मेदवार तोक्न नसक्दा देशभरका धेरै जसो निर्वाचन आयोगमा मनोनयन पत्र दर्ताको कार्यक्रम प्रभावित भैरहेको छ । माओवादी केन्द्रसहित साना दलहरु भने यतिखेर मनोनयनपत्र दर्ता गर्दैछन् ।

 
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा पनि नेपाली कांग्रेस र नेकपा एमालेले अझै उम्मेदवार कन्फर्म गर्न सकेको छैन । धेरै आकांक्षीबीच निर्णय गर्न नसक्दा नेका र एमालेको मनोनयनपत्र दर्ता हुन सकेको छैन । माओवादी केन्द्र भने अहिले केही बेरमा मनोनयन पत्र दर्ता गर्दैछ । माओवादी केन्द्रका रविन अधिकारीसहितको टिम निर्वाचन आयोगमा गएर मनोनयन पत्र दर्ता गर्दैछन् ।

तपाइँको प्रतिक्रिया ।