स्व. शिशिर गौतमको ४५ औँ दिनको पुण्य तिथि

कपन अनलाइन, काठमाडौँ । अल्पायुमै पेन्क्रियाजको क्यान्सरबाट निधन भएका स्व. शिशिर गौतमको ४५ औँ पुण्य तिथि सकिएको छ । संयुक्त राष्ट्र संघअन्तर्गत मालीमा कार्यरत रहँदा पेटसम्बन्धि समस्या भएपछि उपचार गराउँदा उनलाई पेन्क्रियाज क्यान्सरको दोस्रो स्टेज देखिएको थियो । क्यान्सर पत्ता लागेको ३५ दिनमा काठमाडौंको ओम अस्पतालमा उनको असामयिक निधन भएको थियो ।

 

 

काठमाडौँ महाराजगन्ज, बाँसबारीका स्थायी बासिन्दा शिशिर शालीन तथा भद्र व्यक्तित्वका कारण परिचित थिए । शिशिर नागरिक उड्यायन प्राधिकरणमा लामो समय नेतृत्व गरेर संयुक्त राष्ट्र संघका लागि कार्यरत थिए । उनको निधनबाट समाजले एउटा असल एवम् सामाजिक व्यक्तित्व गुमाएको स्थानीयवासीहरुले अनुभव गरेका छन् ।
स्व. शिशिरको असामयिक निधनले उनको परिवार विक्षिप्त छ । शिशिरका भाइ बसन्त गौतम भन्छन्, “यो सपना भए पनि हुन्थ्यो । म अझै हामीबीच दाइ नभएको सोच्न पनि सक्दिन । यो घटना भएको हैन होलाजस्तो लाग्छ ।”

 

दाइको निधनमा शोकमग्न वरिष्ठ फोटोग्राफर बसन्त गौतम जिन्दगीले यति कठोर परिक्षा लिन्छ भन्ने नसोचेको बताउँछन् । आमा र भाउजुलाई परेको पिडाले झनै आफू मर्माहत बनिरहेको  बसन्त गौतमले कपन अनलाइनलाई बताए । स्व. शिशिर गौतमका आमा, श्रीमती साथै एक छोरा छन् ।

तपाइँको प्रतिक्रिया ।