स्वास्थ्य मन्त्रीद्वारा बुनपा -१०मा नवनिर्मित गणेश-सरस्वती मन्दिर उद्घाटन
कपन अनलाइन, काठमाडौँ । वुनपा १० मिलनचोकमा बनेको गणेश र सरस्वती मन्दिरलाई स्वास्थ्य मन्त्री तथा क्षेत्र नं. ४ का सांसद गगन थापाले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
स्थानीय दाता तथा सहयोगीहरुको सकृयतमा निर्मित कपनकै उदाहरणीयस्वरुपको मन्दिरलाई उद्घाटन गर्दै प्रमुख अतिथि गगन थापाले कपन प्रवेश गर्ने नाकाहरुको बिग्रिएको बाटोहरु बारेमा जानकारी गराउँदै स्थानीय सरकार र राष्टिय राजनीतिबारे बोलेका थिए । वर्षाअघि नै नाकाका बाटो राम्रो बनाउने आफूले हरप्रयास गरिरहेका बताए । काठमाडौँका बाटोहरु अझै १० वर्ष राम्रो बन्न नसक्ने भन्ने थापाले जहिलेसम्म हरेक मानिस बाटो र सवारीसाधनको बारेमा सचेत हुँदैन बाटोको समस्या यथावत रहने बताए ।
नयाँ वर्षको अवसरमा पारेर उद्घाटन गरिएको गणेश र सरस्वती मन्दिरको उद्घाटनपछिको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थापाले बाटो, ढल र पानीलाई मात्र विकासमान्ने चलनबाट परिस्कृत हुनुपर्ने बताउँदै आफ्ने प्रयासमा देशमै पहिलो सिटि हस्पिटल बुनपामा बन्ने कामको सहमति भैसकेको जानकारी दिए ।
बैशाख ३१ गते हुने स्थानीय निकाय चुनाव कुनै हालतमा नरोकिने बताउँदै उनले यो स्थानीय सरकार भएकाले स्थानीय निकाय भनेको अब सिंहदरबार भएकाले सोही अनुरुपका योग्य मानिस स्थानीय तहमा ल्याउने दायित्वको बारेमा पनि प्रकाश पारेका थिए । २ वर्षअघि निर्माणका लागि शूर भएको गणेश सरस्वती मन्दिर निर्माण समितिका तर्फबाट डोर प्रसाद आचार्य, कमल कँडेललगायतले मन्दिरको महत्व र दाताहरुको सहयोगको बारेमा बोलेका थिए ।
फोटो: रमेश भुषाल