“राधे” को शानदार शुरुवात

कपन अनलाइन, काठमाडौँ । जगदिश्वर थापाले निर्देशन गरेको बहुप्रतिक्षित राधे फिल्म अन्तत: रिजिल भएको छ । नववर्ष २०७४ को पहिलो दिनबाट शुभारम्भ भएको फिल्म प्रदर्शनसँगै चारैतिर फिल्मको गुणस्तरियताको प्रशंसा भएको बताइएको छ । नेपाली फिल्म क्षेत्रका दिग्गज जगदिश्वर थापाले निकै मेहनतका साथ बनाएको राधे ले नेपाली फिल्म क्षेत्रमा अर्थपुर्ण हुने मुख्य सहायक निर्देशक शशि थापाले कपन अनलाइनलाई बताए ।

 

शुशिल फोखरेलको लगानीमा जगदिश्वर थापाले निर्देशन गरेको राधेमा निखिल उप्रेतीले एक्सन हिरोको रूपमा काम गरेका छन् । फिल्ममा प्रियंका कार्की र आशिस्मा नकर्मी हिरोइनको भूमिकामा छन् । राधे फिल्म समसामयिक विषयवस्तुमा आधारित रहेको थापाले बताए । फिल्म गोपिकृष्णलगायत राजधानीका दर्जन हलमा लागेको छ । पहिलो दिनको कमाइबाट उत्साहित भएको जानकारी थापाले कपन अनलाइनलाई दिए ।

तपाइँको प्रतिक्रिया ।